२४० ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यायनो कपडा

नवीन शिशिर
बागलुङ, २० साउन ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराले वडाभित्रका २४० जना ज्येष्ठ नागरिकलाई सम्मान तथा न्यायनो कपडा वितरण गरेको छ ।

काठेखोला गाउँपालिका र वडा कार्यालयको संयुक्त पहलमा ६० वर्षमाथिका दलित ज्येष्ठ र ७० वर्षमाथिका अन्य समुदायका ज्येष्ठ नागरिकलाई सम्मान तथा न्यायनो फाईबर सिरक वितरण गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधिसभा संसाद डाक्टर सूर्य पाठकले समाज विकास तथा देश निर्माणका अतुलनीय भूमीका निर्वाह गर्ने ज्येष्ठ नागरिकलाई राज्यले उचित सम्मान तथा संरक्षण गर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकको सम्मान र संरक्षणमा राज्यले कुनै कसर बाँकी राख्दैन सांसद पाठकले भन्नुभयो–‘कम्युनिष्ट पार्टीले नै ज्येष्ठ नागरिकलाई उचित सम्मानको सुरुवात गरेको हो ।’

सांसद पाठकले कोरोना महामारीको कारण चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकेको उल्लेख गर्दै महामारीको बातावरण सुधार भए पछि भत्ता रकम चुनावी घोषण पत्र अनुसारमै पु¥याउने दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता रकम चालु आर्थिक वर्षदेखि बैकमार्फत टोलटोलमै वितरणको व्यवस्था मिलाउने बताउनुभयो ।

‘ज्येष्ठ नागरिकलाई भत्ता बुझान हिडेर बैंकसम्म जान मुस्किल भयो–उहाँले भन्नुभयो–उहाँहरुको सहजतालाई ध्यानमा राखेर टोलमै बैंक सेवा पु¥याउने काम गछौँ । अध्यक्ष थापाले पालिका भित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने बताउनुभयो ।

वडाध्यक्ष विद्यापति शर्माले सामाजिक विकासमा अमुल्य योगदान गर्ने ज्येष्ठ नागरिकलाई परिवार, समाज र राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । सरकार ज्येष्ठ नागरिकको दुःख सुःखमा साथ छ उहाँले भन्नुभयो–‘उहाँहरुको सम्मान गर्नु सबैको दायित्व हो ।’

वडाले दिएको तातो सिरकलाई मिल्ने कपलो तन्नता र सिरानी परिवारले व्यवस्था गर्ने हो भने आमा बा मिठो निद्रामा पर्ने छन उहाँले भन्नुभयो–परिवारबाट मिल्ने सम्मान र खुःसी ज्येष्ठ नागरिकको लागी अमूल्य हुन्छ ।

कपडा वितरणमा शिक्षासेवी टिकाराम सापकोटा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतम, विवाईसीका अध्यक्ष मणीभद्र शर्मा, नेकपा भीमापोखराका अध्यक्ष रामप्रसाद शर्मा, पत्रकार प्रकाश पौडेल, नवीन शिशिर लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम वडाध्यक्ष विद्यापति शर्माको अध्यक्षता, सचिव भूमीकला सापकोटा सुवेदीको स्वागत र सूर्य थापाको संचालनमा सम्पन्न भएको थियो । ज्येष्ठ नागरिकको सुविधालाई ध्यानमा राखेर वडा कार्यालय, सलाम र सिम तीन स्थलबाट कपडा वितरण तथा सम्मान गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here