
राम खत्री
बागलुङ, १७ साउन ।
क्षत्री समाज दुदिलाभाटीको विस्तारित बैठक आज सम्पन्न भएको छ ।
बैठकले क्षत्री समाजले हरेक बर्ष तिज विशेष कार्यक्रम गरेर मनाउने भएपनि यसबर्ष कोरोना महामारीका कारण सांस्कृतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको क्षत्रि समाजका जिल्ला उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै हरेक बर्ष गर्दे आएको सांस्कृतिक कार्यक्रमहरुलाई स्थगन गरेपनि क्षत्री दिबसको उपलक्ष्यमा समाजले बर्सेनि वितरण गर्दै आएको छात्रवृत्ति वितरण लगाएतका कार्यक्रमलाई भने निरन्तरता दिने निर्णय भएकोे छ ।
साथै कोरोना भाइरसका कारण मृत्यु भएका सम्पुर्ण मृतक प्रति १ मिनेट मौनधारण सहित शोक प्रस्ताव पास गरेको छ । बठककै निर्णय अनुसार दीर्घरोगी ग.न.पा.१ दुदिलाभाटि,भण्डारबन निवासी पदमबहादुर घर्ती खत्रीलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ ।
कार्यक्रम क्षत्री समाज बागलुङका जिल्ला उपाध्यक्ष जीवन भण्डारीको विशेष उपस्थिती वडा कमिटी अध्यक्ष सुबेदार हिमबहादुर खडकाको अध्यक्षता, कोषाध्यक्ष भिमबहादुर भण्डारीको प्रगती तथा आर्थिक प्रतिवेदन, धनकुमारी खत्रीको स्वागत र सचिव कमला खडकाको संचालनमा सम्पन्न भएको थियो ।










