हाम्रो भाग्य, चिठ्ठा र लगानीको अवस्था

टिका बहादुर कार्की

भाग्य र चिठ्ठा
चाडवाड र साईतका बेला बाआमाले भाग्यमानी भयस बाबु भन्नु हुन्थ्यो र आझै भन्दै हुनुहुन्छ । भाग्य छ भन्दैमा डोकामा दुध अडिदैन । तर, माग्यसँग सम्बन्धित धेरै कुरा हामीले भोग्दै आएका छौं । हामी सवैले घर, कोठा, पसलमा विहानै अगरबत्ती बालेर लक्ष्मीमाता, नारायण, शिवजी, गणेश हनुमान आदि आपना इष्ट देवतालाई प्राथना गर्दछौं । आर्थिक कारोबार गर्नेले बोहनी नभै खर्च नगर्नृे, पानि पनि नपिउने प्रचलन छदैछ । परदेशमा रहँदा एक जना साथीले ‘अल्लाह पर विश्वास है, आदमी पर नहि’ भनेको भर्खरै जस्तो लाग्छ । “पशुपतिको जात्रा सिद्राको व्यापार” भने जस्तै बेबकुप हामीहरु, अमुक भगवानलाई सत्य मानेर सहयोग गर्ने, पैसा दिने, सल्लाह सुझाव दिने र लिने मानिससँग बेइमानीका साथ व्यवहार मात्र होइन व्यापार पनि गरिरहेका छौं । ग्राहक रुपी मानवलाई भाग्यले दिएको पैसा कमाउने भाँडो सम्झेर उसले पाउने सुविधा, सामानको गुणस्तरीयता र विश्वासनियतामा खेलवाड गरेका छौं । कुनै काम सफल हुनुलाई योग्यता, दक्षता र पारदर्शीता होइन, अपारदर्शी भाग्य हाम्रो बुझाई रहेको छ । काुननले अबैध मानेको जुवाबाट रकम जित्नु पनि भाग्य, चिठ्ठा नै मान्ने हाम्रो परम्परा छ ।

मेला, पर्व, दशैं, तिहार लगायतका अवसरलाई व्यापार प्रबद्र्धनको नाममा वम्पर उपहार, कार, मोटरसाइकल, कम्प्युटर, टिभि लगायतका उपचार चिठ्ठा, ग्राहकका लागि स्वर्ण मुद्रा करोडौं उपचार आदि इत्यादि हामीले सुन्दै आएका विज्ञापन हुन । गाउँघरमा केटाकेटिले खेलाउने लङ्गुर बुर्जा, तीनपत्ति सबैलाई भाग्यको चिठ्ठसँग दाजेर हेरिन्छ । यि सवै भाग्योदय चिठ्ठाका रुपमा हामीले केहि न केहि लगानी गरेकै हुन्छौं । खेलाउने वा खेल्ने एका दुई बाहेक सवै बुङ्गाटाट भएर ओठ मुख सुकाउँदै लुरुरु घर जान्छन् ।

लगानी
भाग्य, चिठ्ठामा धेरैले लगानी गरे पनि एक/दुई जनाले कमाउछन् भने व्यवसायिक क्षेत्र, सहकारी वा बैंकमा लगानी गर्ने सबैले धेरथोर मुनाफा हात पार्छन् भन्नलाई अब हिचकिचाउनु पर्दैन् ।

चिनियाँ धनाड्य “अलिबाबा भन्ने ज्याक मा”का शब्दहरु “व्यवसायमा लगानी गर्न डराउनेहरुले जागिर खानुस्” को अध्ययन गर्दा जागिर खाएर पनि सेवा निबत्त भै सकेको अवस्थामा म आफुलाई कमजोर महशुष गरेनै ।

राष्ट्रसेवक/सरकारी कर्मचारीलाई कुनै व्यवसाय गर्न, आयमुलक क्षेत्रमा लगानी गर्न छुट नदिनु सरकारको पनि जिम्मेबारी हो जस्तो लाग्छ । आफ्नै देशभित्रका विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिबाट स–साना रुपमा छरिएर रहेको पुँजी संकलन गर्दै लगानी गर्नको साथै पार्ट टाइम वा छुट्टीका बेला आफ्नो ज्ञान सिपको प्रयोग गर्दै अतिरिक्त आय आर्जन गर्ने अवसर पाउँदा कोहि दक्ष जनशक्ति र पूँजि विदेश पलायन हुँदैन होला । स्वदेशमा लगानी गरी बैधानिक आयआर्जन गर्न पाउँदा सायद कर्मचारीले भ्रष्टचार गर्दैनन् होला । अवकास पछिको जीवन पेन्सन मात्र नभई दक्षताको उपयोग गर्न गराउन सके सेवा निबृत्त कर्मचारी समाज र राष्ट्रलाई नै फाइदा हुन्छ । त्यस्तै अच्यूत कोइरालाद्वारा लिखित “शेयर बजारको बादशाह वारेन बफेट” भन्ने पुस्तकको २८१ औं पेजमा (एस्क्वायर म्यागेजिन १९८८) मानिस प्रायः आफुलाई सानो लगानीबाट विस्तारै धनी बनाउनु भन्दा चिठ्ठा किनेर धनी बन्न बढ्ता उचित ठान्छ । भलै भनाईले प्रेरित यस आलेखलाई पाठक सामु प्रस्तुत गर्ने जमर्को गरेको छु । वारेनका ति बाक्य सापटी लिदै हामीसँग भएको सानो पूँजी (रकम) लगानी र व्यवसाय नगरी भए भरको घर, जग्गा श्रीसम्पत्ति बैंकमा धितो राख्दै लाखौं, करोडौं रुपैयाँको लगानीलाई अबैधानिक बाटोमा खर्च गर्दै यूरोप अमेरिका जाने, पठाउने कार्यले अभिभावक समेत घर न घाटको अवस्थामा पुग्ने स्थिति नआउला भन्न सकिन्न ।

विदेशी पर्यटकका भरमा संचालित पर्यटकीय क्षेत्रका पूर्वाधार यथास्थितिमा राख्न राज्यले सहुलियत उपलब्ध गराउन सक्यो भने व्यस्त जीवनबाट छुटकारा पाई दुश्यावलोकन र मनोरञ्जनका माध्यमबाट पुनः उर्जा प्राप्त गरी मानव जीवन थप क्रियाशिल हुन सक्छ । जुवारुपी भाग्योदय, चिठ्ठाको भर नपरा,ैं आफ्नो ज्ञान, क्षमता र सम्भाव्यता हेरेर आफुसँग भएको सानो रकम पनि उपयुक्त ठाउँमा लगानी गरेर व्यवसायी बन्न सकेनौ भने हालसम्म पुर्खाको सम्पत्ति, बाबुआमाको कमाई माथि रजाई गरेर हिड्नेलाई पनि जीवन निर्वाह गर्न कठिन छ अबका दिनमा । यदि तपाईसँग योग्यता, दक्षता छैन भने पनि नआत्तीकन जो जहाँ हुहुहुन्छ, जे सक्नुहुन्छ कामको अवसर खेर नफाल्नुहोस् । सानो रकम जो पाउनुहुन्छ उचित ठाउँमा लगानी गर्दै जानुहोस् । गैरकानुनी तरिकाले कमाउन खोज्दा आफु मात्र होइन अरुलाई पनि जेल जानुपर्ने हुन्छ । जीवन केहिबेर ६ फिटे चित्तामा जलेर खरानी हुने हो । तपाईले बोल्ने कुरा, सहयोगी व्यवहार, लगानी र सत्कर्म भाग्य र चिठ्ठा भन्दा मूल्यवान हुनेछ । समाजले तपाईलाई मुक्तकण्ठले प्रशंसा गर्दै गर्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here