बागलुङ, ६ साउन ।
बागलुङ बजारमा आज (मंगलबार) सलह कीराको झुण्ड देखिएको छ । आकाशमा घुमेका कतिपय सलह कीरा कागका आहार बनेका छन् ।

पहिले पनि पटक–पटक बागलुङ बजारको आकाशमा सलह कीरा देखा पर्ने गरेपनि आज ठूलो संख्यामा देखा परेका थिए । आकाशमा सलह कीरासँगै देखिएका कागहरुका लागि धेरै सलह कीरा आहार बने ।

भारत हुँदै नेपाल प्रवेश गरेको सहल कीरा बागलुङ जिल्लामा प्रवेश गरेको छ । सलहले बागलुङको पश्चिम क्षेत्रमा धेरै क्षति पु¥याइसकेको छ । सलह कीराले बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा ठूलो क्षति पु¥याएको छभने बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा पनि क्षेति पु¥याएको छ ।

सलहको झुण्डले बालीनाली नष्ट गर्न थालेसँगै किसानहरुमा भोकमारी लाग्ने हो की भन्ने चिन्ता बढेको । सलह भगाउनको लागि टिन, थाल ठटाउने, धुँवा पुताउने गरेपनि नभागेको किसानहरुले बताउँछन् ।

सलहले खेतबारी रित्तै हुने अवस्था आउने जोखिम भएपनि नियन्त्रणका लागि प्रचार गरिएका कुनैपनि विधिहरु काम नलागेको किसानको गुनासो रहेको छ ।

सलहको सिकार गर्दै काग हेर्नुहोस् फोटो

तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here