
अमेरिकी राज्य वायमिङमा आफ्नो ४ वर्षकी बहिनी बचाउन एक ६ वर्षका बालक कुकुरसँग भिडेका छन् ।
बालक ब्रिजर वाल्करले गत जुलाई ९ मा जर्मन सेपहर्ड कुकुरसँग भिडेको सीएनएनले जनाएको छ ।
बहिनीलाई आक्रमण गर्न थालेपछि ब्रिजर कुकुरसँग भिडेका थिए । उनी आफ्नो बहिनीलाई बचाउन सफल भए । आफू पनि जोगिए ।
यद्यपी उनी घाइते भने भएका छन् । कुकुरले टोक्दा ब्रिजरका शरीरमा चोटहरु लागेको छ । डाक्टरहरुले ब्रिजरको घाउ सर्जरी गर्न २ घण्टा लगाएको बताइएको छ ।
उनको शरीरमा ९० वटाभन्दा बढी टाँचा लगाइएको छ। हाल उनको अवस्था समान्य छ ।
यस घटना सार्वजनिक भएसँगै ब्रिजरको बहादुरीको चर्चा अमेरिकाभर सुरु भएको छ । बहिनीलाई ब्रिजरको मायाँ निस्वार्थ र स्वच्छ भएको भनेर प्रतिक्रियाहरु आइरहेका छन् ।
एजेन्सी









