अध्यक्षको मनपरी र पीडकलाई काखी च्यापेपछि एनआरएनए डेनमार्कको विश्वास र गरिमा घट्दै

– अतुल शर्मा ।
डेनमार्कको नेपाली समुदायमा केही समयदेखी एक विषय खुबै चर्चामा छ । झण्डै ३ सातादेखी धेरै नेपालीले चासो पुर्वक हेरेको सवाल हो, एक नेपाली बिद्दार्थी जोडी घरबेटीबाट पीडित भएको घटना । जसमा नेपाली समाजको अगुवा संस्था एनआरएनए डेनमार्क नै पीडितको पक्षमा नभै पीडकलाई जोगाउन अग्रसर भएर लाग्यो । पीडित पक्षले ३ महिनाअघी नै सहयोगको लागि भनेर एनआरएनए डेनमार्कलाई इमेल गरेको थियो । तर, उनीहरुले सहयोग पाएनन् । न्याय माग्दै ३ वटा इमेल गरेको पाइएको छ । दुबै पक्षलाई राखेर छलफल गरी समाधान गर्नुपर्ने हो । तर, त्यसो गरिएन । एनआरएनए डेनमार्क पीडक घरबेटीको पक्षमा खुलेआम लागेन मात्रै यो घटनालाई गुपचुप राख्न सकेको बल पनि लगायो । यस घटनापछि एनआरएनएलाई हेर्ने दृष्टिकोणमा धेरै फरक आएको छ । डेनमार्कबासी नेपाली विशेषगरी बिद्दार्थी र भाडामा बस्नेहरु निराश र आक्रोशित भएका छन् । घटनाका पीडितको पक्षमा सुनुवाइ नभएपछी एनआरएनएप्रति धेरै आक्रोशित भएका छन् । यसो भनौ यो घटनापछि एनआरएनएले बदनामी मात्रै कमाएको छ । असल नियतका एनआरएनएकर्मीहरु तथा डेनमार्कका आम नेपालीले अहिलेको नेतृत्वले पीडितलाई झनै पीडित बनाएको र गलत नजिर स्थापित गरेको भन्दै आक्रोशित भएका हुन् । यस बारेमा बाहिर र एनआरएनए डेनमार्कको कार्यसमितिमा पनि ब्यापक गुनासो र विरोध भएको छ । नेतृत्व अर्थात अध्यक्ष रवीन्द्र खड्काले घरबेटीको पक्ष लिदै एनआरएनएलाई बदनाम बनाएको आरोप लागेको छ । तर, मुख फोरेर कसैले सार्वजनिक रुपमा बोल्ने आँट गरेको छैन । कोभिडको बेलामा नेपालीबाट उठाएको रकमको हिसाब आजसम्म सार्वजनिक गरिएको छैन । बैठकमा भने पास भएको बताइन्छ । तर, बाहिर आएको छैन । पारदर्शिता र समयलाई किन अझै बुझ्न नसकेको होला ?

गरिमामय संस्थाप्रतिको भरोसा, ओज र विश्वास घट्दै गएकोछ । यो भन्दा पहिलाका कार्यसमितिमा केही समस्या परे या अन्यायमा परे पीडितले गुहार माग्ने र न्याय पाउने गतिलो थलो थियो एनआरएनए डेनमार्क । दिपेन्द्र चुडाल र त्यसपछीका यमलाल सुवेदी अध्यक्ष हुँदाताका पीडितले केही समस्या या निवेदन हाले तत्कालै एनआरएनएको कार्यसमिति वा अन्य संघसंस्थाको सहयोगमा समस्या समाधान गर्ने र पीडितलाई न्याय पाएको अनुभुती गराउदै आइएको थियो । तर, यसपाली खड्काको कार्यसमितिमा २/३ वटा घरबेटी पीडितका निवेदन परे, त्यसमा पीडकको पक्ष एनआरएनएले लिएपछि झनै अन्यायमा परेको र पीडित बनेको बताइन्छ । केही महिनाअघिको यस्तै किसिमको एक प्रेगिनेन्टको घटनामा पनि खड्काले पीडकको पक्ष लिएको भित्रभित्रै चर्चा छ । न्याय माग्दै जाने पक्ष झनै पीडित बनेको बताइन्छ । यस बारेमा स्वतन्त्र रुपमा एनआरएनए अन्तराष्ट्रिय समिति तथा युरोप संयोजकले छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

— — —

खासमा भएको के हो ? अनि एनआरएनए डेनमार्कले किन बदनामी कमायो त ? शुरुबाटै सरसर्ती घटना यस्तो छ । प्रमाण र बिभिन्न स्रोतहरु मार्फत बिस्तृतमा जानकारी दिने प्रयास गरेको छु । शुरुमै भनौ खड्का र पीडक भनिएका पौडेल एकदमै नजिकका हुन् । उनीहरुविच दाजुभाइको साइनो छ । उनीहरुका श्रीमतिहरुबिच पनि घनिष्ट सम्बन्ध रहेकोले यस घट्नामा पौडेललाई जोगाउन खड्का हात धोएर लागेको ब्यापक चर्चा छ ।

अध्ययनका लागि डेनमार्क आएको एक बिद्दार्थी जोडी कोपनहेगको अफलोन भन्ने ठाउमा बस्ने नेपाली चन्द्रमणी पौडेलको घरमा भाडामा बस्न पुग्छन । यो कुरा हो झण्डै ६ महिनाअघिको । ती युवती बिद्दार्थी थिइन भने उनका श्रीमान युवा डिपेन्डेन्ट । ती युवाले नेम्लिङ भन्ने चर्चित कम्पनिमा काम गर्थे । नेम्लिङमा जागिर हुनु भनेको डेममार्कमा अनस्किलका लागि काम र दामका हिसाबले राम्रो मानिन्छ ।

सब ठिकठाक चलेको थियो । युवतीको पढाई अनि युवाको जागिर पनि आफ्नै रफ्तारमा कुदेको थियो । जिन्दगीले सहि लय समात्दै थियो । जब कोरोना महामारी शुरु भयो । डेनमार्कमा पनि १६ मार्चबाट डकडाउन शुरु भयो । सबै कामकाज बन्द भयो । तर, नेम्लिङको काम झनै चल्यो । अनि घरबेटी पौडेलले भाडामा बस्ने ती युवालाई काम छाड्न अनुरोध गरे अनि दबाव पनि दिन थाले । अनि पौडेलले आफ्नी श्रीमति, भाडामा बस्ने बिद्दार्थी युवती र युवालाई एकदिन बैठक राखेर यसो भने ‘म डाइबेटिजको बिरामी छु, कोरोना सर्यो भने बर्बाद हुन्छ, तिमी काम छाड, बरु म तलबै दिन्छु नभए घरभाडा लिन्न खाने कुरा सबै मै लिन्छु तिमीहरु बाहिरै ननिस्क ।’ यसरी भनेपछी सबैले सहमति जनाए । लिखित भने भएन । सबै कुरा मौखिक रुपमा हुदै आएकोले उनीहरुले पनि विश्वास गरे ।

युवाले काम छाडे । यो कुरा पौडेलले केही नेपाली अगुवालाई फोनमा ‘मेरोमा बस्ने भाइलाई नेम्लिङबाट काम छुटाए, भाडा नलिने र मैले खाने कुरा लिने सहमति गरेको छु ।’ भन्दै सगौरब सुनाएका पनि थिए ।

त्यो यस्तो बेला हो त्यतिबेला नेम्लिङमा काम एकदमै बढी थियो । त्यहाँ काम गर्नेहरुले ट्याक्स कटाएर कम्तिमा पनि महिनाको २० हजार डेनिस क्रोनर कमाए पनि । दिनहरु ठिकै तवरले चलिरहेका थिए । केही दिनपछी भने पौडेलले अरु सबैलाई घरमै बन्दी बनाए आफु भने तास खेल्न तथा माछा मार्न साथीहरुसंग धेरै निस्कन थालेको यी कुराहरु ती बिद्दार्थीले फेसबुकमा लेखेको ५-६ पेजमा उल्लेख छ ।

— —– —–

अप्रिल महिना लाग्यो । महिना मर्यो अनि भाडाको विषयमा घरबेटीले बिषय निकाल्न थाले । यही बिषयमा विबाद हुन शुरु भयो । बिद्दार्थी जोडीले भन्न थाले भाडा लिन्न भनेर काम छुटाउने अनि अहिले कहाँबाट दिने त ? तर, यतिमै टुङ्गिएन । झगडा गर्ने फेरी २-३ दिनमा मिल्ने क्रम चलिरह्यो । फेरी ठुलै झगडा परेपछी ती बिद्दार्थीले सहयोगको लागी अनुरोध गर्दै पहिलो पटक २९ अप्रिलमा

एनआरएनए डेनमार्कलाई पत्र लेखिन् । (हेर्नुहोस पहिलो इमेल -1)

केही पदाधिकारीलाई फोन र म्यासेज पनि गर्न थालिन् । केही दिनमा एनआरएनए डेनमार्कबाट इमेलको रिप्लाई आयो ‘वी अन्डरस्ट्याण्ड योवर प्रोबलम ।’ केही दिनमा एनआरएनए डेनमार्कका केहीले फोनबाटै कोठा खोजेको कुरा आयो । तर, सर्नको लागि पैसा उनीहरुसंग थिएन । फेरी उनीहरुको भिषा पनि मे महिनामा सकिदै थियो । सिपिआरमा समस्या हुन्छ की भनेर ती बिद्दार्थीले कोपनहेगन कम्युनमा फोन गरेर सोधिन् । कम्युनले भने कोरोनाको माहामारीमा नसर्न र जहाँ बसेको हो त्यही सुरक्षित रहन भन्यो । सोही अनुसार त्यँही बस्न बाध्य भए । दिनदिनै विबाद बढ्दै गयो । भाडा माग्न छाडिएन । अति भएपछि त्यो जोडीले पटक-पटक एनआरएनएका केही व्यक्तिलाई फोन र म्यासेज तारान्तार गरे तर, सनुवाई भएन । फेरी पनि जुन १८ तारिखका दिन एनआरएनएलाई ‘निड हेल्प’ भन्दै फेरी लामै चिठ्ठी इमेल गरे । (हेर्नुहोस दोश्रो इमेल-2) अझै पनि वास्ता गरिएन । मात्रै समस्या बुझेका छौ भन्ने मात्र जवाफ उनीहरुले पाए । तर, समाधानको कुनै पहल एनआरएनएले गर्न आवश्यक ठानेन ।

—- —– —–

यता २ वटा इमेल आउदा पनि एनआएनएको कार्यसमितिमा कुनै जानकारी गराइएन । यत्रो बिषयमा सहयोग माग्दा पनि किन बेवास्ता गरिएको होला एनआएनएको नेतृत्वबाट ? किन लुकाउन खोजियो त ? के यसको जवाफ दिनु पर्दैन सामाजिक संस्थाको अगुवाले ?

घरबेटी र भाडावालाबिचको विबादले भयङ्कर रुप लिदै थियो । त्यो जोडीले अप्रिलको रेन्ट डिपोजिटबाट कटाउनुहोस बाकी पैसा नेपाल गएर दिन्छौ पनि भनेकै थियो । तर, पौडेल परिवारले जहिले गएपनि जुलाई १५ सम्मको भाडा दिनुपर्ने अड्डी कस्यो ।

दिनदिनैको दुर्व्यबहार र टर्चरले ती युवामा केही समस्या देखिन थालेको उनकी श्रीमती बिद्दार्थीले लेखेको लामो स्टाटसमा देखिन्छ ।

२६ जुनका दिनमा दुवै परिवारविच ठुलो झगडा भयो । ती बिद्दार्थीको चरित्र हत्या गर्ने खालका अपशब्द पौडलकी श्रीमति पुष्पाले भनिन् । बिद्दार्थीले पनि त्यसको जवाफ फर्काएको बताइन्छ । अति भएपछि आफुहरुले सहदै आएको दुर्व्यवहार सबै उल्लेख गरी ५-७ पन्ना कुराहरु लेखेर नेप्लिज लिभिङ इन डेनमार्कमा पोष्ट गरिन् । त्यो देखेपछि र झगडा निकै ठुलो भएपछी एनआरएनएका अध्यक्ष खड्कालाई बोलाइयो । केही अघि माछा मारेर पौडेल घर फर्केका थिए । संगै एक समाजसेवी पनि थिए । केही बेरमा एनआरएनएका अध्यक्ष खड्का आए । त्यो भन्दा अघि भने पीडित बिद्दार्थीले कल गर्दा म्यासेज गर्दा वास्ता गरिने थिएन ।

—- —- —-

खड्काका अघि छलफल भयो । भाडाको कुरा आयो । भाडामा बस्ने जोडीले काम छोडाउने अनि माग्ने भने ? घरबेटीले भने दिनै पर्ने अड्डी कसे । चर्काचर्की भयो । मिलाउन गएका खड्का चुप लागे । अनि भाडामा बस्ने जोडीले जुन महिनासम्मको भाडा मोबाइल पे गरे । तर खातामा पैसा नभएर पेन्डिङ रह्यो । खड्काले भाडा मिलाउ भनेपछी मोवाइल पे गरेको ती बिद्दार्थीले केहीलाई बताएकी छन् । अन्यायमा परेकालाई न्याय दिने हो की उल्टो पीडित बनाउने हो ? जुन गलत काम खड्काले गरे । खड्का त्यतिमै रोकिएनन् फेसबुकमा ती बिद्दार्थीले राखेको पोष्ट हटाउन जोड गरे र आफ्नै अघि डिलिट गराए । अनि ती बिद्दार्थी युवती, उनका श्रीमान युवा र पौडेलले माफी मागे तर, पौडेलकी श्रीमती केही बोलिनन् । त्यतिनै बेला ती बिद्दार्थीले आफ्न्त बोलाइन् र घर छाडे । खड्का मिलाए भनेर मख्ख परेर फर्के । खड्का आएपछी केही भए पनि न्याय पाइन्छ भनेर भाडामा बस्ने जोडीले केही आशा पालेको थियो । तर, विवाद समाधान गर्न आएका खड्का घरबेटीको पक्षमा उभिएपछी निरास बने ।अनि ती बिद्दार्थीले खड्कालाई फेसबुकमा ब्लक गरिन् । सोही राती युवालाई स्वास्थ्यमा समस्या आयो । राती अस्पताल पुगेर त्यतै बसे । उनीहरुसंग केही पैसा र साथ दिने कोही थिएन । न्याय माग्न पुगेको एनआरएनकै अध्यक्षले आफुहरुको कुरा नसुनेको र झनै पीडित बनाएको महसुस गरे । भोलीपल्ट जुन २७ मा त्यो घटना डेनमार्कको नेपाली समुदायमा हावासरी फैलिसकेको थियो । सबै विवरण केही समाजसेवीलाई ती बिद्दार्थीले सुनाइन् ।

—- —- —- —-

त्यही दिन एनआरएनएका अध्यक्ष संयोजक र अन्य संस्थाका प्रमुखहरु रहेको स्टेरिङ कमिटीमा यो बिषयमाथी छलफल भयो । भाडा तिर्न बाँकी रहेको रकम र सो जोडीलाई केही सहयोग गर्नुपर्ने कुरा उठ्यो । केहीले भाडा मिनाहा गर्न सबैले पौडेललाई भेटी पहल गर्नुपर्ने कुरा उठ्यो । धेरैले सहमति पनि जनाए । तर, खड्का तयार भएनन् । बरु केही समयमा ५३०० डेनिस क्रोनर दिन पर्ने तथा अध्यक्षको अडर्र भन्ने खालको सन्देश म्यासेन्जर ग्रुपमा राखे ।
(हेर्नुहोस अध्यक्षको म्यासेज-3)

सो रकम दिनै पर्नेमा खड्कासंगै महासचिब शैलेन्द्र अधिकारीको पनि जोड रहेको थियो ।

कोभिड फन्डबाट सो रकम दिएपनि एनआरएनए कार्यसमितिमा बिना छलफल मनपरी तवरले दिएको भन्दै पास भएको छैन । अध्यक्ष र महासचिवले आफ्नै तवरले दिएकाले आफ्नै गोजीबाट दिन बहुमत सदस्यको मत छ । उनीहरुले अध्यक्षलाई महिनौ अघि थाहा पाएको विबाद किन कार्यसमितिलाई जानकारी नगराएको ? काम छोडाउने घरबेटीबाट किन भाडा मिनाहा गर्न पहल नगरेको ? भोली भाडा छैन तिर्दिनुपर्यो भनेर अरु बिद्दार्थी आएमा के एनआरएनएले तिरिदिन्छ ?, यस्तो गलत नजिर किन बसाएको भन्दै कडा बिरोध जनाएका छन् । अध्यक्षले एनआरएनएको गरिमा घटाएको र बदनाम बनाएको भन्दै आक्रोश पोखेका छन् । तर, बाहिर बोल्ने आट कसैले गरेका छैनन् ।

—– —– —–

यता पब्लिक ग्रुपमा यो बारेमा बहस तातेको थियो । एनआरएनएको कार्यसमितिमा पनि के हो भनेर आवाज उठ्न थाल्यो । तर, अध्यक्षले यो बिषयमा चासो नराख्न र आफुले मिलाउदै गरेको भनेर चुप रहन निर्देशन दिए ।

नेपाल जान तयार रहेका ती जोडी जुन २९ तारिखमा नेपाल गए । उनीहरु दिउँसो जादै थिए । तर, बिहान नै घरबेटी पुष्पा शाह पौडेलले ती बिद्दार्थीलाई ‘मानसिक रोगी’ भन्दै तथानाम गाली गरेर फेसबुकमा लेखिन् । (हेर्नुहोस उनको पोष्ट -4)

चन्द्र पौडेलले पनि ‘मानसिक रोगी’ भन्दै कमेन्ट थपे । दिउसो तिर भने सो पोष्ट हट्यो । पीडितहरु नेपाल पुगे पनि यो बिषय यसै हराएन । पीडितको पक्षमा नबोलेको भन्दै केही अगुवा र बिद्दार्थीले फेसबुकमा लेख्दै एनआरएनएको बिरोध गरे । (हेर्नुहोस उनीहरुका पोष्ट -5)

यो क्रम अझै जारी छ । तर,

एनआरएनए डेनमार्क चुइक्क बोलेको छैन । एनआरएनएको यसरी बिरोध भएको पहिलो पटक होला । गरिमा र साख ह्वातै गिरेको छ । यति ठुलो बिषय सर्बत्र हुदा पनि अन्य सघंसंस्था र अभियन्ता पनि चुप छन् ।

त्यसपछी केही ब्यक्तिहरुले चन्द्र पौडेललाई भेटेर कुराकानी गरे । त्यतिबेला पौडेलले गल्ती भएको स्विकार गर्दै के गर्नपर्छ आफु तयार रहेको भने । तत्कालै बैठक बसेर समाधान गर्नुपर्ने बिषय थियो । तर, एनआरएनएका अध्यक्ष खड्काले वास्ता गरेनन् । उनी भने उता नेपाल पुगेर क्वारिनटाइनमा रहेका ती जोडीका अभिभाबकलाई कल गरी तनाब दिन ब्यस्त रहेछन् । पटक-पटक फ्लो गरेर आफुहरुसंगै परिवारका अन्य सदस्यलाई पनि तनाब नदिन अनुरोध गर्दै फेरी ती बिद्दार्थीले जुलाई ३ मा एनआरएनएलाई इमेल लेखिन् ।

(हेर्नुहोस तेश्रो इमेल -6)

तर, पनि यो क्रम अहिले पनि जारी रहेको ती बिद्दार्थीले केही सामाजिक ब्यक्तिलाई बताएकी छन् । आखिर किन यसरी फ्लो गरिरहेका छन् खड्का ? यो कसैलाई थाहा छैन ।

यही बिचमा जुलाई १२ मा एनआरएनएले गरेको बैठकमा चन्द्र पौडेलले छाती खोलेर सबैलाई च्यालेन्ज मात्रै गरेनन् । मुद्दा हाले पनि फेस गर्ने भन्दै अरु सबैलाई चुप रहन भन्दै निस्किए । अध्यक्ष खड्काले मिलाउनको लागि खासै पहल नगरेको बैठकका सहभागिहरु बताउछन् । बैठक अघि खड्का र पौडेलसंगै आएका थिए । खड्काकै सल्लाहमा पौडेल त्यसरी प्रस्तुत भएको बताइन्छ ।

यसरी यो विबादलाई गिजोलिएको छ । यो औपचारिक रुपमा सल्टाइएको छैन । र, यो बिषय उब्जिरहने छ ।

ययो घटनाले भाडामा बस्ने बिद्दार्थीलाई त्रसित बनाइएको छ । नेपालीबिचको समस्या समाधान गर्न एनआरएनएले सहयोग नगर्ने यो घटनापछी धेरैले बुझेका छन् । अब कसो के गर्ने भन्नेमा छलफलमै रहेको ती पीडितहरुले आफ्न्तलाई बताएका छन् । र, अब एनआरएनए डेनमार्कको गरिमा र विश्वास पहिलाकै ठाउमा पुर्याउनको लागि सचेत नेपाली समुदाय, अग्रज एनआरएनएकर्मी र केन्द्र चुप लागेर बस्न हुन्न । केही गर्नै पर्छ ।
धन्यबाद ।

नोट:- लेखक डेनमार्कमा अध्यनरत बिद्दार्थी हुन् । यी उनका नीजि विचार हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here