
इश्वर गौतम
सोभियत संघ र पुर्वी युरोपमा कम्युनिस्ट सत्ताको विघटन र पतन अन्य थुप्रै घटनाक्रमले बिश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि प्रभावित पारिरहेको छ । कम्युनिस्ट पार्टीको स्थापनादेखि अहिलेसम्म टुट्फुटको शृङ्खलाबाट कम्युनिस्ट पार्टी टुक्रा टुक्रा परेको कुरा हाम्रो सामु घाम जस्तै छर्लङ्ग छ । यस्तै कम्युनिस्ट पार्टीका नेताहरु सामन्तबादी सस्कृती पुँजीवादी बुर्जुवा सस्कारबाट अलग रहन सकेनन् । कम्युनिस्ट पार्टीका बिचार सिद्धान्त एकातिर नेताहरु सत्तामोह, कुर्ची पद प्रतिष्ठा, अर्थोपार्जन ब्यक्तिगत हित र स्वार्थ भन्दा माथी उठन सकेनन् । जसले उनीहरुको श्रमजीवी सर्वहारा बर्गिय चरीत्र ह्रास हुँदै पार्टीभित्रै नवधनाढ्य बर्गको उत्थान भै पुँजीवादी सम्भ्रान्त बर्गिय कार्यशैलीमा फसिरहेको पाइन्छ । बिचारधारात्मक र सैद्धान्तिक तथा राजनैतिक स्पष्टतालाई महत्व नदिने, विधि पद्धतिको ख्याल नगर्नु । जनबादी केन्द्रियताको लेनिनबादी संगठनात्मक सिद्धान्तलाई ठिक ढङ्गले ग्रहण गर्न नसक्नु, अवसरबादी र अराजकताबादी चिन्तन हावी हुदै जानू, गुटबन्दीजन्य क्रियाकलापलाई प्रोत्साहित गर्दै लैजानु । नेता कार्यकर्ता पार्टी कमिटी अधिनस्थ नभै ब्यक्तिअधिनस्थ हुनु । कम्युनिस्ट पार्टीलाई श्रमजीवी सर्वहारा बर्गको बर्ग संघर्षको जुझारु शक्तिको रुपमा होइन । कम्युनिस्ट पार्टीको साइनबोर्ड झुन्डाएर संसदिय चुबावको यन्त्रको रुपमा प्रयोग गर्दै ठूलो भिड जम्मा गर्ने, समृद्धि र समाजवादको झुट्टा आश्वासन बाड्दै कम्युनिस्ट पार्टीको नामलाई कमाई खाने भाडो बनाउनु । जस्ता गलत प्रवृत्ति हुनु दुःखद कुरा हो । बिश्वका विभिन्न देशमा कम्युनिस्ट पतन र बिघटन हुनुको पछाडी यस्तै कारण भेटिन्छन् ।
सिद्धान्तको रक्षा गर्न होइन आफ्नो मनोगत इच्छा पूरा गर्न र त्यसो नभए बदलाभाव पूर्ती गर्न तथा इगो साध्न तुरुन्त पार्टी फुटाइ हाल्ने प्रवृत्ति कम्युनिस्ट नेताहरुमा हावी भएको देखिन्छ । हालसम्म ४०÷५० औं पटक फुट र बिभाजनको क्रमलाई नेपालको कम्युनिस्ट आन्दोलनले ब्यहोर्दै आएको हो । जुनसुकै कुरा पनि तत्कालै हासिल गरिहाल्नु पर्ने त्यसका लागि जस्तासुकै कदम उठाउन पछि नपर्ने, मनोगतवाद र अधैर्यताबादको कारण कुनै प्राबिधिक पक्षनमिल्ने पनि स्वार्थ पूरा हुन नसके मनोकांक्षा र महोत्वकांक्षा पूर्ती नभए जस्तोसुकै साठगाठ र गठबन्धन बनाउन तयार हुने, स्वार्थकै लागि पार्टी फुटाइहाल्ने चोइटाहाल्ने प्रवृत्ति बिकृतिका रुपमै देखिएको छ । हाल नेपालमा दुई ठुला कम्युनिस्ट नामका पार्टीहरु एकता भएर दुइतिहाई मत सहित सरकार सञ्चालन गरिरहेको छ । तर त्यहाँभित्र पनि यस्ता प्रवृत्तिहरुले कलह सृजना भैरहेको छ । टुटफुट स्वार्थले आन्दोलन, पार्टी, जनता र स्वयं आफ्नै हितमा हुँदैन भन्ने जान्दाजान्दै पार्टी बिभाजन गर्न पार्टीमा आफ्नो पकड स्थापित गर्न, ब्यक्तिगत हित केन्द्रित हुने यस्ता क्रियाकलापले कम्युनिस्ट पार्टीका नेताको स्वार्थ र पदमोह कति छ भन्ने स्पष्ट संकेत गर्दछ ।
जनताको अपार समर्थन कम्युनिस्ट आन्दोलन प्रती रहदारहदै जनताको इच्छा बिपरित सामाजवादी, पुँजिबादीहरुको चक्रब्यहुमा परेर आतंक केन्दित ब्यक्तिबादी सोच र अवसरबादी सोचमा रमाउन खोज्नु, त्याग तपस्या बलिदान योग्यता दक्षता, सिद्धान्तनिष्ठता, इमानदारीता जस्ता कुराको खडेरी पर्दै जानू, नीति निर्माण र पदोन्नतिमा गुटबन्दीजन्य प्रवृत्ति हावी हुनु । सिद्धान्तभन्दा ब्यक्तिगत स्वार्थमा केन्दित हुनु कम्युनिस्ट पार्टिभित्रका मुल समस्या हुन । त्यस्तै कम्युनिस्ट पार्टीमा आन्दोलनमा गुटबन्दी एउटा माहामारी र निको नहुने क्यानसर रोग जस्तै बनेको छ । नेपालमा सायद त्यस्तो कम्युनिस्ट पार्टी छैन । जसलाई गुटबन्दिको रोगले नसमातेको होस । यहि निको नहुने रोग पार्टीभित्र सल्कियो भने त्यसले पार्टीलाई ढालेर छाड्छ । त्यसैले लेनिनले यसलाई मुसे प्रवृत्ति भन्नुभएको छ । आजपनि नेकपा भित्र देखिएको कलह यसैको कारण हो । जुन निको हुने वाला छैन । यस्ता बिकृतीबाट जवसम्म टाढा रहन सक्दैन भने । सिधान्त, विधि, पद्धति, त्याग, तपस्याका कुरा सिनियरिटिका कुरा, जनभावनाका कुरा, देश समाजका समस्या ओझेलमा पर्छन । भने अब नेपालको कम्युनिस्ट आन्दोलन पनि पतनको बाटोमा अग्रसर रहेको छ भन्ने कुरालाई बुझ्न सकिन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनले अनेक प्रकारका आरोह अवरोह, उकाली ओराली र विभिन्न घुम्टिहरुको पार गर्दै टुटफुटको अवस्थाबाट गुज्रदै पछिल्लो समय बामपंथी एकतालाई जोड दिदै दुई ठुला कम्युनिस्ट पार्टीको एकता भएर अत्यन्तै आशा र भरोसा लाग्दो अवस्थामा उभिरहेको थियो । जसलाई जनताले दुइतिहाई मत सहित अनुमोदन गरे । यो चानचुने कुरा थिएन । सात दशको लामो संघर्षबाट यो महत्वपूर्ण उपलब्धि थियो । एउटा अवसरको रुपमा पनि आएको थियो । तर यसरी प्राप्त जनमतलाई सहि रुपमा प्रयोग गर्दै, राष्ट्रियता स्वतन्त्रता जनजीविका, स्वाधिनतालाई सबल सुदृढ र संरक्षण गर्दै, देशिबिदेशी साम्राज्यवादि, यथास्थितिबादी, प्रतिगमनकारी, पुजीवादी, प्रतिक्रियावादी तत्वहरुलाई पाखालगाउदै समृद्ध नेपाल निर्माण गर्न र समाजबादको बाटोमा अगाडि बढ्नुको सट्टा पार्टीको आन्तरिक मामिलामा फसिएर जनता बिश्वब्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सन्त्रासमा बाचिरहेको बेला, बन्दाबन्दिले श्रम गुमाएर गरिव, महिला, दलित जनजाती श्रमिकहरु सडकमा आक्रान्त बनिरहेको छन् । भोक र रोगबाट प्रताडित भैरहेका छन् । जनता यस्तो जीवन मरणको दोसाधमा बाचिरहेको बेला । समृद्ध नेपाल र सुखी नेपालीको महान यात्रा भनेर हिडेको नेपाल कम्युनिस्ट पार्टी र यहि नेतृत्वको सरकारका प्रधानमन्त्रीले जनताको पिर मर्का र बेथा नबुझी सत्ता स्वार्थ विभिन्न अध्यादेश, ल्याउदै सत्ता उन्माद प्रदर्शन गर्नु । कुर्चिमोहमा लाग्नु पार्टीभित्रैको आन्तरिक बिबाद मिलाउन नसक्नु र जनता प्रतिको उत्तरदायित्वलाई बिर्सेर पदियमुकाबिलामा लाग्नु , हास्यमजाक गर्नु, दक्षिणपन्थि घोर अवसरबादी प्रवृत्तितर्फ उन्मुख हुने या त उग्रवामपन्थी प्रवृत्तितर्फ उन्मुख हुने, एकता होइन टुटफुट र बिभाजन तर्फ रमाउने, जनताको मुक्ति होइन आफ्नो मुक्ति र सत्ता प्राप्त खेलमा नै चक्कर काटिरहने, गुटबन्दीजस्तो रोगलाई प्रश्रय दिने, जस्ता गतिविधिले नेकपा र यसका नेता जनताको समस्याको बिबादमा होइन सत्ता आफ्नो हातमा पार्ने मामलामा भिडिरहेका छन् र सत्ता र कुर्ची कसैले पाउन र कसैले टिकाइराख्न जोडघटाउ गर्दै आफ्नो र आफ्नाको समृद्धिको सपना पूरा गर्न लागिरहेका छन् । भन्ने प्रष्ट हुन्छ । जुन सिङो देश जनता, कम्युनिस्ट आन्दोलन, योगदान गर्ने नेता, कार्यकर्ता र सहिदप्रतिको अपमान हो ।









