
बागलुङ २१, जेठ ।
जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको क्वारेनटाईनमा नै मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका—४ खुङ्गास्थीत छोरेगाउँ माविको क्वारेनटाईनमा रहेका निसीखोला गाउँपालिका—२ का २९ वर्षीय सुनिल विकको क्वारेनटाईनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए ।
केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका—४ को क्वारेनटाइनमा बसेका उनको क्वारेनटाईनै आईतबार बिहान मृत्यु भएको मल्ले बताए ।
लामो समय भारतमा बसेका उनी मिर्गौला सम्बन्धी रोगबाट समेत पिडित भएको बुझिएको छ । उनको केही दिन अगाडी नै कोरोना परिक्षणका लागि स्वाव संकलन गरेर पठाईए पनि रिपोर्ट आएको छैन ।
रिपोर्ट आएपछि उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।










