बागलुङ, १९ असार ।
गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ३२ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नयाँ संक्रमित नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १९, तनहुँका ९, पर्वतका ३ र बागलुङका १ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६३ पुगेको निर्देशक शर्माले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here