
सुवास आचार्य
बागलुङ, १८ असार ।
गण्डकी प्रदशेमा सहकारीको फरक पहिचान वनाउन सफल बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारका लागि डिजिटल प्रणाली शुरु गरेको छ ।
प्रविधिमैत्री सेवा र सदस्यको सुविधाको लागि मोवाइल एप्समार्फत आर्थिक कारोबार गर्न सदस्यलाई सहज हुने बिश्वासका विहिवार वाट क्युआर कोड सेवा सुरु गरेको हो । साकोसको वार्षिक योजना तथा बजेट तर्जुमा गोष्ठीको अवसरमा संचालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पहिलो पटक सहकारीका सचिव जयराम भारी, सदस्य दिपा पौडेल, विष्णुराज पन्त, लेखा समिति सदस्य हरी शर्मालाई क्वुआर कोड वितरण गर्नुभएको थियो ।

सो अवसरमा सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले धौलागिरी क्षेत्रमै सिवाइसीले पहिलो पटक शेयर सदस्यलाई ‘क्यासलेस कारोबार’ का लागि क्युआर कोड सेवा सुरु गरेको बताउनुभयो । चेकबुक र रकम बोकेर हिड्नु पर्ने समस्या अन्त्य गर्न सहकारीले समयको माग अनुसार डिजिटल सेवा सुरु गएको बताउनुभयो ।
एप्सबाट सबै किसिमको भुक्तानी गर्नका लागि सहज हुने बिश्वास गरिएको छ । सार्थै मोवाइल वैकिङ मार्फत ब्यालेन्स पठाउन, टेलिफोन, बिजुली तिर्न समेत यो एप्सको मदतले सहज हुने सहकारीका सचिव जयराम भारीले बताउनुभयो ।











