रामरेखामा घरको छतबाट खसेर ७ बर्षे बालक गम्भिर घाईते

बागलुङ, १८ असार ।
बागलुङ नगरपालिका–१ रामरेखामा घर भाडामा बस्दै आएका ७ वर्षे बालक घरको तिन तला माथिबाट खसेर गम्भिर घाईते भएका छन् ।

बागलुङ नगरपालिका–१० भकुण्डे घर भई रामरेखा बस्दै आएका ७ बर्षे निशान्त विक घरको छतमा खेल्ने क्रममा खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

विकलाई गम्भिर घाईते अवस्थामा धौलागिरी अस्पताल बागलुङमा ल्याइ अत्यावश्यक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको प्रसनी खड्काले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here