गल्कोट नगरपालिकाको बजेट ६२ करोड, कोरोना कोषमा १ करोड

बागलुङ, १८ असार ।
बागलुङको गल्कोट नगरपालिकाले आगामि आर्थिक वर्ष २०७७/०७८ को लागि ६२ करोड ४६ लाख बढिको बजेट ल्याएको छ ।

नगरपालिकाको सातौ नगरसभाको बिहीबार दोस्रो बैठकमा उपप्रमुख रेणुका काउचाले कोरोना नियन्त्रण र रोकथामको लागि विशेष बजेट विनियोजित गर्दै आगामि आर्थिक वर्षको लागि ६२ करोड ४६ लाख ८१ हजारको बजेट विनियोजित गरेकी हुन् ।

नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको विशेष कोषमा १ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ । यस्तै संघ र प्रदेश सरकारका विभिन्न शिर्षकका अनुदानमा आधारित बजेटमा आन्तरिक स्रोत ३ करोड ८० लाख रुपैयाँ परिचालन हुने उल्लेख गरेको छ ।

नगरप्रमुख उपप्रमुख काउचाले बालमैत्री र प्रविधिमैत्री नगरको लागि १ करोड ५० लाख रुपैयाँ, विपदको पूर्व तयारी, रोकथाम तथा पुनस्थापना तथा राहतमा खर्च गरिने गरि विपत व्यवस्थापनमा २० लाख रुपैयाँ, संघीय सरकारको सहलगानीमा गल्कोट नगरपालिकाका नगरवासीको खरको छाना विस्थापन गरि कर्कट पाताले छाइने गरि खरको खाना विस्थापनको लागि १० लाख रुपैयाँ, ज्येष्ठ नागरिकको सम्मानको लागि विशेष भत्ता उपलब्ध गराइने गरि ज्येष्ठ नागरिक सम्मानमा ८ लाख रुपैयाँ बजेट विनियोजित गरेकी छिन् ।

यस्तै पूर्वाधार तर्फ प्रशासनिक कार्यालय निर्माणको लागि जग्गा प्राप्ती तथा भवन निर्माणको काम यसै वर्ष संचालन गर्ने गरि नगरको जग्गा भवन निर्माणमा २ करोड ५० लाख रुपैयाँ, वडा नम्बर १ र ६ को वडाभवन निर्माण सम्पन्न गर्नको लागि ५० लाख रुपैयाँ, वडा नम्बर ७ मा सुविधा सम्पन्न सभाहल निर्माणको लागि २० लाख रुपैयाँ, मल्म–पाण्डवखानी सडक स्तरवृद्धिको लागि ५० लाख रुपैयाँ, गल्कोट नगरपालिकाको ७० प्रतिशत र स्थानियको ३० प्रतिशत सहभागितामा हटिया बजारको सडक ढलानको लागि ९१ लाख रुपैयाँ, वडा नम्बर ८ को बाटो ढलानको लागि २५ लाख र वडा नम्बर १० को अधेरिखोला तटबन्धनको लागि १२ लाख रुपैयाँ विनियोजित गरेको छ ।

नगरपालिकाले स्वास्थ्य तथा सरसफाईको लागि ५७ लाख ५५ हजार रुपैयाँ, नगर शिक्षा कार्यक्रमको लागि ९० लाख ७४ हजार रुपैयाँ, महिलासँग उपप्रमुख कार्यक्रमको लागि ४४ लाख रुपैयाँ, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण महिला, जनजाती दलित अपाङ्ग लक्षीत कार्यक्रम सञ्चालन गर्नको लागि ३० लाख रुपैयाँ, युवा तथा खेलकुद विकासको लागि १५ लाख ५० हजार रुपैयाँ, नगरप्रमुख स्वरोजगार कार्यक्रमको लागि ५९ लाख रुपैयाँ, पर्यटन प्रबद्र्धनको लागि १५ लाख रुपैयाँ र कृषि तथा पशु तर्फ २ करोड ५५ लाख ५० हजार रुपैयाँको बजेट विनियोजित गरेको छ ।

तस्विरः सरिता खत्री

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here