
बागलुङ, १८ असार ।
बागलुङमा थप ६ जनाले कोरोनालाई जितेका छन् । यससँगै बागलुङमा कोरोनालाई जितेर घर फर्किनेको संखया ९८ पुगेको छ ।
असार १० र १२ गते कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका–१ रामरेखाको धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयमा बनाइएको प्रि–आइसोलेसन कक्षमा भर्ना भएका बरेङ गाउँपालिकाका ६ जना निको भएर घर फर्किएका हुन् ।
प्रि–आइसोलेसनमा रहेका बरेङ गाउँपालिकाका ६०, ३७, ३१, २३, २० र १९ बर्षका पुरुषको बुधबार बेलुका दोस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले आज (बिहिबार) डिस्चार्ज गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।










