
बागलुङ, १६ असार ।
वातावरण सरसफाई सम्बन्धी सचेतनाका लागि अभियन्ता, कलाकार, खेलाडी तथा स्वयंसेवक परिचालन सहितको महाअभियानले बागलुङ नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरणको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि कलाकार, अभियन्ता, खेलाडी र स्वयंसेवकले संचालन गरेको महाअभियानले मंगलबार बागलुङ नगरपालिकालाई माक्स, ग्लोब्स, सेनिटाइजर, हात धुने मेसिन हस्तान्तरण गरेको हो । उक्त सामाग्री महाअभियानका अभियन्ता धनराज पौडेलले नगरपालिका प्िरमुख जनकराज पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण पछि बोल्दै नेकपाका केन्द्रिय सदस्य टेकबहादुर बलम्पाकी मगरले कोरोना भाइरसले विश्व क्षतविक्षत बनेको बताउँदै त्यसको रोकथामको लागि महाअभियान सुन्दर अभियान रहेको बताउनुभयो । उहाँले कोरोना महामारी नियन्त्रणको लागि सवैले एक जुट भएर लड्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य सामाग्री बुझेपछि नगरपालिका प्रमुख पौडेलले सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कोरोना महामारीमा सुरुवातमै तेस्रो र पाचौं संक्रमित बागलुङ नगरपालिकाका १९ बर्षिय किशोरी र ६५ बर्षिय बृद्धलाई देखिएपछि केहि आक्रान्त बनेपनि उहाँहरु निको भइसकेपछि त्यसको अन्त्य भएको बताउनुभयो । उहाँले बागलुङ जिल्ला धेरै रेमिट्यान्स भित्र्याउने जिल्ला भएकाले पनि विदेशबाट धेरै नागरिकहरु फर्किदा संक्रमितहरुको संख्या बढेको बताउनुभयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गायक टेकराज पौडेल र हास्यकलाकार शिशिर देवकोटाले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
सामाजिक अभियन्ता धनराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन गायिका तथा संचारकर्मी राशि रिजालले गर्नुभएको थियो ।
















