आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई फलफुल वितरण

बागलुङ, १६ असार ।
नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफुल वितरण गरेको छ ।

नेपाल स्वास्थ्य प्राविधिक संघको ४२ औं स्थापना दिवसको अबसरमा मंगलबार धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयमा बनाइएको प्रि–आइसोलेसनमा रहेकाहरुलाई फलफुल वितरण गरेको हो ।

फलफुल वितरणपछि बोल्दै नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनालले संक्रमितहरुलाई चाडो निको हुनको लागि पौष्टिक आहारा अनिवार्य खानुपर्ने बताउनुभयो ।

उहाँले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र न्यूनिकरणको लागि स्वास्थ्यकर्मीहरु फन्टलाइनमा रहेर काम गरिरहेको बताउँदै सुरक्षित साथ काम गर्नु सवैलाई अनुरोध गर्नुभएको थियो । उहाँले कोरोनाबाट त्रसित नभइ माक्स, सेनिटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सचिव दिल्लीप्रसाद आचार्य र नेपाल निजमती कर्मचारी संगठनका जिल्ला अध्यक्ष रामप्रसाद उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला समिति बागलुङका अध्यक्ष सोमराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव विष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here