बागलुङमा एकै दिन ६८ जनाले जिते कोरोना

फाइल फोटो

बागलुङ १६, असार
बागलुङको धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा भर्ना भएका ५३ र गल्कोट नगरपालिकाको नरेठाटीमा रहेको प्रि–आइसोलेसनामा रहेका १५ जना गरी ६८ जना आज निको भएर डिस्चार्ज भएका हुन ।

धौलागिरी क्याम्पसको आइसोलेसनमा रहेका बागलुङ नगरपालिकाका ५०, २५, १८, २३, ५३, २८, १९, ४२, २५ र २१ वर्षका पुरुष ११ जना, काठेखोलाका गाउँपालिकाका २०, २३, २९, २९, ३६, ४० र २९ वर्षका पुरुष १२ जना, वडिगाड गाउँपालिकाका ४०, ४२, ४०, र २९ वर्षका पुरुष ४ जना, बरेङ गाउँपालिकाका २२, २४, ३०, १८ र ४९ वर्षका पुरुष र २० वर्षका १ महिला गरी ६ जना, गल्कोट नगरपालिकाका ३५, ३५, २२, ३०, ३१, ४५, २०, ४२ र २० वर्षका पुरुष ९ जना, ताराखोला गाउँपालिकाका २७, २६, २५, २१ र २४ वर्षका पुरुष ५ जना, ढोरपाटन नगरपालिकाका १७ र ३८ पुरुष २ जना, त्यस्तै धौलागिरी अस्पतालमा रहेका ताराखोला गाउँपालिकाका ३४ र ३५ वर्षका पुरुष २ जना, जैमिनि नगरपालिकाका ३० र २० वर्षका पुरुष २ जना गरी ५३ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सैलेन्द्र वि. पोख्रेलले जानकारी दिनुभयो ।

त्यस्तै गल्कोट नगरपालिकाको नरेठाटीमा रहेको प्र– आइसोलेसनमा रहेका १५ जनाको हिजो नेगेटिभ रिपोर्ट आएपछि आज डिस्चार्ज भएका छन । यो संगै बागलुङमा डिस्चार्ज हुनेको संख्या ९२ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here