याम बहादुर थापा मगर
लकडाउनको डायरी लेख्नु भन्दा पहिला श्रृङखलाबद्ध छोरी रुयासालाई चिठी, छोरा हिम्मत थापा मगरलाई चिठी र जिवनसंगनी रुपक देवी थापा मगरलाई चिठी लेखि रहेको थिए । अब को दिनमा युवा युवती वर्गको लागि, आदरणीय बाबा आमाका लागि सर्मपित लेख रचना लेख्ने योजना र डायरीका पानाहरुमा टिपोट लेख्दै थिए । सकारात्मक र नकारात्मक क्रिया प्रतिक्रियाले मानिसलाई उचनिच गरिरहदो रहेछ । लेखनको यात्रालाई निरन्तरता दिनका लागि कति गाह्रो रहेछ भन्ने अनुभुति गरिरहेको छु । विभिन्न लेख,कविता,गित,फिचरको सकलनमा किताव निकाल्ने असफल प्रयास गरे तर प्रकाशक,सम्पादकको लागि मोफसलमा खडेरी रहेको तितो अनुभव गरे । आशा एव विश्वास छ कि भोलिका दिनमा पक्कै मेरो लेखन र प्रकाशित रचनाको किताब प्रकाशन गर्ने योजनामा हातेमालो हुने आशा एव विश्वासले मुर्त रुप लिने र जिवन भरिको सपना साकार हुने छ नै । लेखनका लागि वेवसाइट र सामाजिक सञ्जालबाट सकलन गरेका टिपोटलाई लेख्नको लागि सन्दर्भ सामाग्री बनाइ आज फेरी प्रस्तुत हुन खोजेको छु ।

चिन्ता मानिसलाई कोरोना भाइरसबाट कसरी बाँच्ने भन्ने बाहेक अरु छैन होला । अब विश्वव्यापी रुपमा पैतृक सम्पत्तीमाथि कर लगाई भावी सन्ततीका लागि शिक्षा,स्वास्थ्यमा सर्वसुलभता हासिल गर्ने प्रक्रिया थालनी गर्नमा ढिला गर्नु हुदैन । साथीहरुसँग मज्जाले घुमफिर गर्दैै बौद्धिकता युक्त समाजको निर्माण गर्नमा जिन्दगीको मज्जा लिने र अब्बल दर्जाको नागरीक भन्ने दौडमा जाने लगातार र निरन्तरतामा सदैव लागि रहने योजना दिर्घकालीनमा लागि रहन खोजेको अवस्था छ ।
अब विश्वका अर्थशास्त्र,साहित्य,भौतिकशास्त्र,राजनीतिशास्त्र,रसायनशास्त्र,शान्तिको नोबेल पुरस्कार कोभिड १९ भाइरस केन्द्रितमा दिनुको विकल्प रहेन । महामारी तथा महाव्याधीका कारण सपना र औद्योगिक तथा विकसित शहरहरु मसानघाटमा परिणत हुनबाट जोगाउने भौतिक र रसायनशास्त्रलाई नोबेल पुरस्कार घोषणा गर्ने दिन आओस । हजारौ र लाखौ बर्ष पृथ्वीमा मानव जगतको सुनौलो आर्दशको सपना देखाउने साहित्यका पुस्तक लेखन गर्ने लेखक,कथाकार,उपन्यासकार,कवि,गित,संगितकारलाई नोबेल साहित्य पुरस्कार दिन बाध्य बनोस भनेर आत्माबाट नै संसारका मानवजाति भन्ने चाहान्छु । हजारौ मान्छे मारेर साम्राज्यबादी र अहमकारी सोचले अधिकांश नोबेल शान्ति पुरस्कार अमेरिकी सोच र व्यक्तिले पाउने चलनलाई तिलान्जली दिनै कोभिड १९ मा केन्द्रित हुनका लागि विवाद रहेनन् । अब कोरोना भाइरसबाट मुक्ति दिलाउने,डेगु रोगबाट मुक्ति पाई इश्वर वा भगवान रुपी तरिकाले मानवका बचाउने र जगाउनेका लागि नोबेल शान्ति पुरस्कार प्रदान गर्ने नागरिकको खोजी होओस है । घात र प्रतिघातको राजनीतिशास्त्रबाट मेकियावेली प्रवृत्तिको ह्रास भै विश्व बन्धुत्वको असल अभ्यासको शूरुवात विश्वले चाहेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले मानव विकास सुचकांक पछिल्लो ३० वर्षमा पहिलो पटक ह्रास हुने प्रक्षेपण गरेको र कोभिड १९ भाइरसका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब अमेरिकी क्षति हुने एसियाली विकास बैकको आकलन छ । अन्तराष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको अर्थतन्त्र बृद्धिदर नकारात्मक रहने प्रक्षेपण गरेको र एक सय सत्तरी मुलुकको प्रति व्यक्ति आय ऋणात्मक हुने मुद्रा कोषको आकलन छ । आगामी दिनमा असमानता कम गर्न धेरै भन्दा धेरै खोज अनुसन्धान भै किताब,जनरल,लेख र थेसिस लेखिने छ । शास्त्रीय चिन्तनलाई तिलान्जली दिदै कोरोना भाइरस सामान्य भएपछिको अर्थतन्त्र सुधारमा छलफल गर्न जरुरी भएको छ । गरिबीको असमानतालाई कम भन्दा कम मात्रामा ल्याइ सामाजिक न्यायपुर्ण समाजको निर्माणमा लाग्नुको विकल्प छैन ।

विश्वव्यापी स्वास्थ्य महासंकट कोरोना भाइरस महाव्याधीले विश्वलाई अभुतपुर्व आर्थिक धक्का दिदै विश्व पर्यटनलाई शुन्यमा झारयो । महामारीको प्रकोपले झन्डै ९० प्रतिशत विश्व ठप्प बन्यो । विश्वका करोडौ सर्वसाधारण बेरोजगार बने । वस्तुको मागमा अभुतपुर्व संकुचित भै भारी मात्रामा गिरावट आयो । विश्व बैकले महाव्याधी जति लम्बिन्छ, अर्थतन्त्रहरु उत्तिकै भासिदै गई ५ दशमलब २ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ । नेसनल व्युरो अफ इकोनोमिक रिसर्चले अमेरिकामा मन्दी शुरु र अन्त्यको भएको घोषणा गर्दै आर्थिक गतिविधिमा उल्लेख्य कमी,बास्तविक कुल गार्हस्थ्य उत्पादन,बास्तविक आम्दानी, रोजगारी,औद्योगिक उत्पादन र थोक तथा खुद्रा बिक्रीमा कमी हुनु नै मन्दी हो भनी परिभाषा गरेको छ । त्यस्तै अन्तराष्ट्रिय श्रम सगठन ( क्ष्ीइ ) ले ६ करोड सर्वसाधारण चरम गरिबीको दुश्चक्रमा धकेलिने अनुमान गरेको छ । आइएलओ र युनिसेफले थप ९ करोड ६० लाख बालबालिका जर्बजस्ती बालश्रममा धकेलिने चिन्ता व्यक्त गदैै सामाजिक असन्तुलन बढी नयाँ आन्दोलनको सुत्रापात हुन सक्ने आकलन गरेको छ ।

विश्वका इतिहासका सुर्वण पानामा मानव जगतले जिउनको लागि भर्चुअल दुनियामा गरेको सघर्ष कोरिनु पर्दछ । शिक्षा क्षेत्रको औपचारिक विद्यालयको पढाइलाई र्भचुअल क्षेत्रलाई व्यापक तरिकाले जनस्तरमा लैजानको लागि पूर्वाधारको अभावलाई कसरी उचित व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । कसरी विद्यार्थीलाई प्रविधि मैत्री बनाई शिक्षाका हिसावले अब्बल नागरिक बनाउने भन्ने चिन्ता अभिभावकमा रहेको छ । कोरोना भाइरस सामान्य नभएसम्म विद्यालयमा छोराछोरीलाई नपठाउने बाँचे पो अध्ययन गर्ने हो । विद्यालयमा पढन पठाएर उच्च जोखिममा अमुल्य जिन्दगीलाई नपार्ने समुदाय शिक्षित वर्ग ग्रामिण बस्तीमा हराभराका साथ बाँच्ने आशमा रहेका छन् । कसरी बालबालिकालाई आत्मनिर्भर, स्वाबलम्बी, समुन्नत, अब्बल बनाउनमा लाग्ने हो भन्ने चिन्ता निराकरण गर्न छलफल चलाउनु पर्दछ ।

लकडाउनको समयमा आम मानिसमा प्रचलनमा रहेको भनाइ छ कि बच्चाले बिगारेको मोबाइल बन्ला तर मोबाइलले बिगारेको कहिलै बन्दैन । अब बच्चालाई कसरी सुचना प्रविधि मैत्री बनाई भर्चुअल अभ्यासमा अभ्यस्त बनाउने हो भन्ने छलफल र कार्यान्वयनमा लाग्नु पर्दछ । त्यसैले संसारमा सबैभन्दा मुस्किल काम आफुलाई सुधार्न हो भने, सबैभन्दा सजिलो काम अरुको कुरा काटनु र सल्लाह दिनु हो । अब सल्लाहलाई कार्यान्वयन गर्ने दिन आएको छ । त्यसै गरी एक पटक मान्छेले कोइलीलाई भन्यो कि तिमी काली नभएको भए कति राम्रो हुन्थ्यो है । समुन्द्रलाई भन्यो तिम्रो पानी नुनिलो नभएको भए कति राम्रो हुन्थ्यो है । गुलाफलाई भन्यो तिमीमा काँडा नभएको भए कति राम्रो हुन्थ्यो है । तब तीनैले एकैपटक भने हरे मानव तिमीमा अरुहरुमा खालि कमजोरी मात्रै खोज्ने बानी नभए कति राम्रो हुन्थ्यो भनी सुझाव दिएको थियो रे । अबका दिनमा कोभिड १९ का बारेमा चिनको भाइरस,जैविक भाइरस भन्दै आलोचना गर्नु भन्दा विश्व जगत भाइरस निर्मुलीकरण गर्नमा लागि चाल्र्स डार्विनको विकासबादी सिद्धान्त अनुकुल संसारलाई मानव जातिको लागि उपयुक्त बनाउनुको विकल्प छैन भन्दै आलेख अन्त गर्न चाहान्छु ।

बागलुड न.पा. १० भकण्डे

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here