बागलुङ, १५ असार ।
बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।

राष्ट्रिय प्रयाेगशाला काठमाडौमा आज (सोमबार) गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिकामा एक महिला सहित १० जना र बागलुङ नगरपालिकामा ४ जनमा संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिकामा भारत देखि आएका ३ जना र दक्षिण कोरियाबाट आएका १ जना ३१, ३७, २१ र ३५ वर्षका चार जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले संक्रमितहरु सवै नगरपालिका भित्रको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा लैजाने तयारी गरिएको बताउनुभयो ।

यस्तै गल्कोट नगरपालिकामा १ महिला सहित १० जनालाई संक्रमण पुष्टि भएको छ । गल्कोट नगरपालिका स्वास्थ्य शाखाकी हेल्थ अस्सिटेन्ट मिरा शर्माका अनुसार भारतदेखि आइ क्वारेन्टाइनमा बसेका २८ बर्षिय एक महिला सहित २७, २०, २८, ४५, २३, ५२, २६, २३, २७ वर्षका ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरुलाई गल्कोट नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिने हेल्थ अस्सिटेन्ट शर्माले जानकारी दिनुभयो ।

यस्तै गल्कोट नगरपालिकाको आइसोलेसनमा रहेका १५ जनाको दोस्रो कोरोना परीक्षण नेगेटिभ आएको छ । हेल्थ अस्सिटेन्ट शर्माले अहिले रिपोर्ट आएकोले निको भएका १५ जनालाई घर पठाउने बारेमा नगरपालिका प्रमुख भरत शर्मा गैरेसँग सल्लाह भइरहेको जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here