बागलुङ, १५ असार ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा नियमित सेवा भन्दा सवारी संचालन अनुमति (पास) लिनेको दैनिक भिड लाग्ने गरेको छ ।

लकडाउन खुकुलो गर्दै सरकारले असार १ गतेदेखि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका नियमित सेवा प्रवाह संचालन गरे पनि प्रशासनमा सवारी पासको लागि आउनेको दैनिक भिड लाग्ने गर्छ ।

प्रशासनमा नागरिता, राहदानी, सिफारिस, प्रमाणीकरण जस्ता सेवा लिनेको संख्या न्युन मात्रामा रहेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेको भनाई छ । प्रशासकीय अधिकृत लामिछानेका अनुसार दैनिक एक सय भन्दा बढी सेवाग्राही सवारी पासको लागि आउने गरेका छन् ।

सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा अति आवश्यक कामको लागि जानु पर्ने भएमा प्रशासनको सिफारिस अनिवार्य गरे पछि दैनिक जसो पासको लागि भिड लाग्ने गरेको हो । प्रशासनले विरामीको लागि अस्पतालको रिफार कागज र अन्य कामको लागि सम्बन्धीत स्थानीय तहको सहमतिमा पास दिने गरेको प्रशासकीय अधिकृत लामिछानेको भनाई छ ।

राहदानीको लागि दैनिक २÷३ जना आउने गरेका छन भने नागरिताको लागि ५/७ जना मात्रा आउने गरेका छन् । जिल्लाका कोरोना संक्रमण पुष्टि हुने दर बढेसँगै जिल्लावासी अति आवश्यक काम बाहेक हिडडुल गर्न छोडेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here