धौलागिरी अस्पताल, बागलुङ

बागलुङ, १४ असार ।
बागलुङ नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा आज (आईतबार) गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २१ र ६५ वर्षका दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

संक्रमित दुवै जना भारतबाट आइ बानपा–१० भकुण्डेको क्वारेन्टाइनमा बसेका छन् ।

यससँगै बागलुङ नगरपालिकामा संक्रमितको संख्या ३३ पुगेको छ । त्यसमध्य २ जना निको भएर घर फर्किएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here