म्याग्दी, १४ असार ।
म्याग्दीमा थप जनामा डेंगु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ अर्मनको छिस्वाङकी ६७ बर्षिया बृद्धामा डेगु संक्रमण देखिएको हो । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बृद्धाको शरीर समेत सुन्निएको अवस्थामा थप उपचारका लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुबेदीले बताउनुभयो । महिलाको अन्य रोगको समेत चेकजाँच गर्नुपर्ने भएकाले पोखरा पठाइएको हो ।

बृद्धासँगै म्याग्दीमा पछिल्लो बैशाख यता १६ जनामा डेंगु देखिएको छ । यसअगाडी समेत अर्मनको छिस्वाङमा एक पुरुषमा डेंगु देखिएको थियो । म्याग्दीमा बेनी नगरपालिकामा ३ महिला, ४ पुरुष, मंगला गाउँपालिका ४ महिला, ३ पुरुष, रघुगंगा गाउँपालिका १, अन्नपूर्ण १ मा डेंगु संक्रमण देखिएको छ ।

म्याग्दीमा गतबर्ष समेत मंगला र बेनी नगरपालिकामै धेरै डेंगु संक्रमित भेटिएकाले खोज र नष्टको अभियानलाई तिब्रता दिनुपर्ने बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताउनुभयो । एडिस जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुको पछिल्लो तथ्यांक अनुसार यसबर्ष नेपालमा धेरै संक्रमित भेटिएको जिल्लाको अग्रस्थानमा छ भने गण्डकी प्रदेशमा सबैभन्दा धेरै म्याग्दीमा छन् ।

यस्तै म्याग्दीमा कोरोना संक्रमितहरुको संख्या १४ रहेको छ । त्यसमध्ये ६ जना निको भएर घर फर्किएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here