बागलुङ, १४ असार ।
बागलुङको काठेखोला गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिए पछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ ।

काठेखोला–५ बिहुँको अमर मावि क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउने तथा सुरक्षकर्मीलाई कोरोना पुष्टि भएपछि कार्यपालिकाको आकस्मिक बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो । बैठकले आज राती १२ बजेदेखि असार २० गते राती १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो ।

बैठकले दुध, एम्बुलेन्स, सुरक्षाकर्मी तथा निर्माणको सवारी बाहेक अन्य सवारी संचालनमा रोक लगाउनका साथै मध्य पहाडी लोकमार्ग निर्माण कार्यमा प्रयोग हुने सवारीलाई सिधा सिधा संचालन मात्रा गर्न दिने , विचविचमा रोक्न नपाउने निर्णय गरेको नायव सुब्बा मनोज कार्कीले जानकारी दिए ।

तत्कालको लागि टोल–टोलमा संचालन भएको शैक्षिक गतिविधि, होटल, पसल पूर्णरुपमा बन्द गर्ने, निर्णय गरेको छ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षकर्मी बाहेक अन्यलाई हिड्डुलमा समेत बन्देज लगाउने निर्णय भएको छ । बैठकको निर्णय कार्यान्वयनको लागि जिल्ला प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताइएको छ ।

क्वारेन्टाइन व्यवस्थापनको लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा राजनीतिक दल, सुरक्षाकर्मी, वडा सदस्य, सम्बन्धी विद्यालयका प्रधानध्यापक सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । अमर मावि क्वारेन्टाइनमा खाना व्यवस्थापनको लागि स्वयसेवक परिचालन तथा बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कँडेललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

समुदाय स्तरमा कोरोना फैलिए पछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा स्वासथ्य परीक्षणको लागि गाउँपालिकाका टिपिआइ समूहलाई जिम्मेवारी दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकको भनाई छ । काठेखोला गाउँपालिकामा हालसम्म २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्य तीन जना नेपालमा रहेका व्यक्ति हुन भने अन्य भारतदेखि आएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here