
बागलुङ, १० असार ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा थप ९ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान ६ बजेर २० मिनेटमा निकालेको विज्ञप्ती अनुसार अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा जैमिनी नगरपालिकाका १ जना र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार जैमिनी नगरपालिकाका २० बर्षिय पुरुष र बरेङ गाउँपालिकाका २०, ३३, ६०, ३७, ४०, १९, ३५ र २० बर्षिय ८ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससँगै बागलुङमा संक्रमितको सख्या १ सय ४० पुगेको छ । त्यसमध्ये २३ जना निको भइ घर फर्किसकेका छन् ।











