स्थानियको अवरोध पछि बागलुङ बजारमा पानीको आपुर्तिमा थप समस्या

बागलुङ, ९असार ।
बर्षाले बगाएको पाईप निमार्ण गरिएपनि स्थानियको अवरोधका कारण बागलुङ बजारमा पिउने पानी आपुर्तिमा थप समस्या भएको छ ।

गत तिन दिन अगाडि बाढिले बागलुङको रेश मुहान, जिरेती र दोबिल्लाका बिभिन्न स्थानमा पहिरोले पाइप बगाएपछि सो स्थानमा निर्माण गरिएको भएपनि बानपा ३ बोक्सेमा स्थानियको अवरोध गरेपछि पानी नियमित संचालन हुन सकेको छैन ।

पहिरोले पाइप बगाएको स्थानमा निर्माण गरेपछि पानी संचालन गर्दा घर र खेती योग्य जमिन जोखिममा परेको भन्दै बोक्सेका स्थानियहरुले अवरोध गरेका छन् । यसबाट पानी ल्याउन थप समस्या भएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

संस्था र स्थानियबिच छलफल गर्दा समेत स्थानियले पाईप ल्याएको स्थानमा ग्यावीन जाली लगाउनुपर्ने भन्दै पाईप जडान गर्न नदिदा पानी बजारमा सहज बन्न सकेको छैन । संस्थाका पदाधिकारी, प्रहरी र स्थानिय बिच पटक पटक छलफल गरिएपनि स्थानियले अवरोध कायमै राखेका छन् । बजारमा पिउने पानी नियमित सचालन गर्ने बारे संस्थाले काम अगाडि बढाउदै आएको छ ।

अवरोध हटेमा बुधबार देखि पिउने पानी सहज हुने बताईएको छ । गत शनिवार आएको पहिरोले भुदी खोला मुहान, दोविल्ला र रेशमा पाईप बगाउदा बजारमा पिउने पानी आपुर्ति हुन सकेको थिएन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here