
बागलुङ, ९ असार ।
बागलुङको ढोरपाटन नगरपालिकामा एक महिला सहित थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिकाका ६७ बर्षिय एक जना महिला सहित १९, ३२, ४०, १८ र १८ बर्षका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै बागलुङमा संक्रमितको संख्या १ सय ३१ पुगेको छ । त्यसमध्ये २३ जना निको भएर घर फर्किसकेका छन् ।











