क्वारेन्टाइनबाट अर्धचेत अवस्थामा अस्पताल ल्याएका पुरुषलाई पोखरा पठाइयो

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, १ असार ।
बागलुङको जैमिनी नगरपालिका–९, पैयुथन्थापको क्वारेन्टाइनमा रहेका एक युवालाई पोखरा पठाइएको छ ।

आईतबार स्वास्थ्यमा समस्या देखिएपछि अर्धचेत अवस्थामा राती ९ः३० बजे धौलागिरी अस्पताल बागलुङमा ल्याएका ४९ बर्षिय पुरुषलाई पोखरा पठाइएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।

अस्पतालमा ल्याउँदा उनको अवस्था गम्भिर रहेको र उनलाई प्रारम्भिक उपचार गरि थप उपचारको लागि राती नै पोखरा पठाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

क्वारेन्टाइनबाट ल्याउँदा नै उनको अवस्था अर्धचेत रहेको र लगातार रगत सहितको बान्ता गरेको कारण यहाँ उपचार सम्भव नभएकोले पोखरा पठाइएको मेसु डा. पोखरेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here