क्वारेन्टाइनमा रहेका र वडा कार्यालयलाई सेनिटाइजर र माक्स सहयोग

बागलुङ, ३२ जेठ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराको प्रगतिशिल युवा क्लबले जनकल्याण माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनलाई स्वास्थय सामाग्री सहयोग गरेको छ ।

क्लबका सचिव आर्यन जेरिले आईतबार क्वारेन्टाइनमा रहेका १४ जनालाई १ सय वटा सेनिटाइजर र ५ सय थान माक्स र वडाको लागि वडाअध्यक्ष विद्यापति शर्मालाई ७० सय वटा सेनिटाइजर र ३ सय थान माक्स हस्तान्तरण गरेका थिए ।

क्वारेन्टाइनमा बस्नेहरुलाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनको लागि वडा कार्यालयलाई सेनिटाइजर र माक्स सहयोग गरेको सचिव जेरिले बताए । गाउँकै क्लब भएको र विदेशबाट फर्किएका आफ्नै दाजुभाइहरु क्वारेन्टाइनमा रहनेहुँदा सवैलाई कोरोना महामारीसँग लड्नको लागि दश हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको क्लबका अध्यक्ष याम कुमारले बताए ।

काठेखोला–२ भीमापोखराको जनकल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा हाल भारतदेखि आएका १४ जना बसिरहेका छन् । उनीहरुको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here