बागलुङमा सरकार विरुद्ध प्रदर्शन (फोटो फिचर)

बागलुङ, ३२ जेठ ।
बागलुङमा आईतबार सरकार विरुद्ध प्रदर्शन भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्ता नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै युवाहरु प्रदर्शन गरेका छन् । उनीहरुले बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नुपर्ने, आरडिटि विधि प्रयोग गर्न नहुने, १० अर्बको खर्च रकम पारदर्शी हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले ‘नो पीसीआर नुन, तेल, बेसार’, ‘कर छैन केरा छ लान्छस्’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘जनता कोरोनाले भन्दा भोकमरी र सरकारको क्रियाकलापले मर्दैछन्’, ‘धौलागिरीको चिसो हावा सिंहदरवार पठाइदिम्ला, तपाई पिसिआर मेशिन बागलुङ पठाउनुस् ।’ लेखिएका प्ले कार्ड सहित ‘गाउँ, गाउँबाट उठ…’, ‘माछी मार्न जाउँ है दाजै कालापानीमा…’, ‘के पाइस नेपाली केरा…’, गित गाउँदै साढे १ घण्टा सडकमा बसेका थिए ।

तस्विरहरु:

तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here