अंग्रेजी संबत २०१९ को जनवरी अन्तिम साता छिमेकी राष्ट्र चिनको बुहानबाट कोरोना भाईरसको संक्रमण देखियो र विश्व जगतमा महामारीको रुपमा फैलियो । कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन बिश्व स्वास्थ संगठन देखि लिएर नेपाल सरकारले निर्देशन गरेका सुचना सतर्कताका साथै २०७६/१२/११ गते देखिको लकडाउन कार्यक्रम पुर्ण रुपमा लागु गराउन नेपाल प्रहरी सहित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त हेल्थ डेस्क, चेक प्वाईन्टमा कडाईका साथ चेकजांचका अलावा कालोबजारी नियन्त्रणमा खटियो ।

मानिसले लकडाउनको पालना केवल सुरक्षाकर्मीको उपस्थितीलाई मात्र संझिरहे । सुरक्षाकर्मी पिपिई बिना अदृष्य कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा अग्रपङ्तिमा खटिए ।

कोही बिदेशबाट आएको नयां मानिस हो भन्ने लागेमा स्थानीयले सर्वप्रथम प्रहरीलाई फोन गरेर नियन्त्रणका लागी दवाव दिन्थे, मानौ कोरोना रोग नियन्त्रण गर्ने कार्य पनि प्रहरीकै हो । नेपाल प्रहरीको उपस्थिती नरहेको ठाउँमा कोरोना संक्रमित पुगेको जानकारी अनलाईन, पत्रपत्रिका र सामाजिक संजालमा व्यापक हुन थालेदेखी स्थानीय तहका जनप्रतिनिधीको सक्रियता बढ्न थाल्यो । लकडाउनसंगै अलपत्र परेका श्रमिक र गरिबलाई राहत बितरणमा ब्यस्त जनप्रतिनिधीहरु क्वारेटिन निर्माण, संक्रमण नियन्त्रण तथा उपचारको लागी कोरोना अस्पताल पुर्याउने कार्यमा सक्रिय देखिन्छन् ।

चालु नेपाल भ्रमण बर्ष २०२०, उत्पादन तथा निर्माण लगायतका उद्योग व्यवसायमा लगानी गररहेका लगानीकर्ता तथा संलग्न कर्मचारी मजदुर, परिक्षाको तयारी गरिरहेका बिद्यार्थी, गन्तव्यमा जादै गरेका यात्रु सबै हठात आश्चर्यमा मात्र परेनन् ठाउँको ठाउँ लकडाउनमा परे ।

के हो यो कोरोना ? कहिले सम्म नियन्त्रणमा आउला ? कसैलाई केही बिस्वास छैन । लकडाउनमै ३ महिना बित्न लाग्यो । बाँच्नको लागि खाद्यान्न, औषधी उपचार र बिद्युत, टेलिकम, लगायतका अत्यावश्यक सेवा बाहेक अरु सबै अनावश्यक रहेछन् भन्ने लागी सक्यो अब । सधै लोकाचार पार्ने आफन्त, चिनेजानेका सबैलाई बिरानो बनाई दियो कोरोनाले ।

केवल सुरक्षित साथ आफ्नो घरमा बस, अनावश्यक हिडडुल नगर, निस्चित दुरीमा रहेर आफ्ना संबाद लगायतका कार्य गर, मास्क, सेनिटाईजर, पञ्जा लगायत जे जती भरपर्दो पिपिई उपलव्ध हुन्छ प्रयोग गर, बिरामी भएमा छिटो भन्दाछिटो नजिकको स्वास्थ्य संस्थामा उपचार गराउ, आफु बचौं र अरुलाई पनि बचाउ भन्ने सन्देशमुलक शिक्षा यो लकडाउनले दिईरह्यो । लगानीको प्रतिफल, गन्तव्यको ठेगाना, आफ्नोपन र मानविय भावनाको आभास पाउन झनै कठिन हुन लागेको महशुस हुँदै जाँदा मानवता रहित बिभेदकारी अवस्थाको सृजना हुन नपाउदै कोरोना नियन्त्रण र लकडाउन अन्त्य गर्नुपर्ने अबस्था आईसक्यो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here