याम बहादुर थापा मगर
लकडाउनको डायरी लेखनी गर्दा विश्व अर्थतन्त्रले दोश्रो विश्व युद्धको समय ताका भन्दा बढी मात्रामा आर्थिक मन्दी हुने चिन्ताले ससारलाई कोभिड १९ भाइरसको दबाबले गाँजेको छ । अब गरिबी झन बढने र अशान्तिका श्रृङखलामा वृद्धि हुने होकि भन्ने चिन्ता छाएको छ । विश्वका शक्ति राष्ट्रले तेश्रो विश्व युद्धका लागि संचित सामरिक तथा आणविक अस्त्रहरु बिकम्मा हुने भएको छ । वैज्ञानिकहरुले मगलग्रह,अन्तरिक्ष,चन्द्रमा लगायतमा बसाइ सराइ गर्न ढिला गरेको कारण अब पृथ्वीमा आम नरसंहार गर्ने भाइरसका विरुद्ध कति समय लडिरहने भन्ने अनिश्चितता झन भन्दा झन बढी रहेको छ । सचार हाउसमा सधै राजनीति, अर्थनीति, सामाजिक तथा मानवअधिकारको विषयमा हुने बहसलाई पन्छाएर सदैव स्वास्थ्य क्षेत्रका विद्धान, डाक्टरको बहसले एकछत्र राज गरेको अवस्था छ । जनस्वास्थ्यको महत्व भावी दिनमा झन बढेको छ । व्यक्तिगत सरसफाइ र स्वास्थ्य नै धन भन्ने इन्जिनियरीङ सेवाको महत्व उजागर हुनु पर्नेमा ओझेलमा परेको छ । सर्वश्रेष्ठ प्राणी भन्ने मानव भगवान तथा दैवी भरोसामा भय र त्रासको वातावरणमा मृत्युलाई पर्खिरहेको छ । सृजनात्मक क्षमतामा तुषारापात भएको छ । शक्ति, बल, घमण्ड, दमन, रवाफले ससारबाट पुच्छर लुकाए जस्तै लुकाउने हो कि भन्ने छलफल भएको छ । मानवताबादको विकास, शान्तिबाद, अहिसाबादी सोचको विस्तार भै शाहाकारी भोजनको महत्वमा अभिवृद्धि हुनेमा विश्वास लिन सकिन्छ ।

लकडाउनको समयमा जानी जानी आफनो अमुल्य जीवन आफै समाप्त पार्ने कार्य अर्थात आत्म हत्यामा असाध्यै वृद्धि भएको समाचारले प्राथमिकता पाएको छ । आत्महत्या बढनुमा मानसिक रोग, उदासिनता,डिप्रेसन,जैविक कारण, मनोवैज्ञानिक, सामाजिक परिवेश,शारिरीक कारण,सिजोफ्रेनिया, भ्रम,तनाव,व्यक्तित्व बिकार,डर,अल्कोहलमा निर्भरता, जटिल दिर्घरोगले हुने गरेको पाइन्छ । मानसीक समस्या सामना गर्नका लागि आत्मबल अभिवृद्धि गर्ने गृहकार्य गर्नमा नेपाली समाजका युवा युवती र बालबालिकामा ढिला भएको छ । आत्महानी सोचमा परिवर्तन गरी सृजनात्मक, उत्पादनमुलक, मनोरन्जनात्मक, अध्ययनशिल वातावरण बढाउनमा राज्य स्तरबाट नै प्रभावकारी तरिकाले लागु गर्नमा आवश्यक भएको छ । मद्यपान र धुम्रपानको अत्यधिक प्रयोग गरी मान सम्मान हुने सस्कारलाई तिलान्जली दिनुको बिकल्प छैन । मनोवैज्ञानिक विचाराधारालाई जनस्तरमा उच्च राखी उत्प्रेरणा बढाउनमा जरुरी भएको छ ।

नोबेल पुरस्कार विजेता मार्टिन लुथर किगले एउटा सामाजिक आन्दोलन जसले मानिसलाई उत्प्रेरित मात्र गर्छ भने त्यो विद्रोह हो तर त्यसले मानिस र संस्थाहरु दुवैलाई परिवर्तन नै गरिदिन्छ भने त्यो क्रान्ति हो भने थिए । तर नेपाली राजनीतिमा क्रान्तिबाट आएको गणतन्त्रले पार्टीका सिद्धान्त,नीति र घोषणा पत्र नै बदलिदिन्छ । नौलो जनवाद, साम्यवाद,समाजवाद ल्याउने तरिकाले हतियार बोेकेका पार्टीले नौलो जनबादले बोकेको आर्दश विशेषता, साम्यवादले बोकेको सामान्य अर्थ र परिभाषाको खिल्ली उडाउने काम बाहेक केही भएको पाउन सकिन्न है । लकडाउनको समयमा राहत वितरण गर्ने महानुभावले सायद भुकम्प गएको समय, दन्दग्रस्त नेपाली राजनीतिमा समेत गरे होलान । तर सामान्य दैनिक चलिरहेको समयमा दानी, सहयोगी हात, सेवा भावनाको विकासमा निरन्तरता दिने आम नागरिकमा जागृत बनाउनमा लाग्नु पर्दछ भन्ने हो है ।

लक डाउनको समयमा नयाँ वर्ष २०७७ मा नया स्थानको भ्रमण गर्न छुटेको छ । लोकतन्त्र दिवस, विश्व प्रेस स्वतन्त्रता दिवस, मजदुर दिवस, जनआन्दोलन दिवस लगायत थुप्रै सामाजिक,स्वास्थ्य,वातावरण सम्बन्धी दिवसहरु मनाउने अवसर गुमेको छ । साथीहरुसँग म.म.,चिया,खाजा खाने अवसरबाट वञ्चित भएको छ । फुर्सद हुना साथ मोबाइलमा हात,दिमाग लाने संस्कारको विकास भएको छ । टुटेको सम्बन्ध सामाजिक सञ्जाल नभएको भए कसरी व्यवस्थापन हुदो हो भन्ने आभास भएको छ । प्रिन्ट मिडिया ठप्प भएको छ । तालिम, गोष्ठी, सम्मेलन, कार्यशाला जस्ता कार्यक्रम ठप्प हुनाले शिक्षा, सुचना र अन्र्तक्रिया विहिन समय भएको छ । थोरै मात्रामा अनलाइन बैठक र गोष्ठी न्युनतम मात्रामा भएपनि सम्पन्न व्यक्तिका लागि अवसर मिलेको छ । लाखौ घरभाडा तिरे व्यापार गर्ने व्यापारीको मनोदशामा कसरी व्यवसायिकताको मनोभावना विकास गर्ने हो भन्ने बहस गर्न जरुरी भएको छ । पर्यटन व्यवसायीसँग सम्बन्धीत जनशक्ति, लगानी, पूर्वाधारको अवस्थालाई दिगो तरिकाले जर्गेना र संरक्षण गरी पर्यटन उद्योगलाई स्थापित गरी गरिबी विरुद्धको अभियानमा लैजानका लागि समयमा नै ध्यान पुरयाउनु पर्ने हुन्छ । विदेशबाट आउने लाखौ युवा जनशक्तिलाई बेरोजगारीलाई स्वरोजगार बनाई उत्पादनमुलक क्षेत्रमा लगाउनका लागि कार्यान्वयन योग्य योजना तय गर्नमा कम्मर कसेर लाग्नुको विकल्प छैन ।

लकडाउनको समयमा मोबाइलको अत्यधिक प्रयोग भएको छ । मोबाइलका कारण पनि लकडाउनको न्यास्रो समयलाई बिताउनका लागि सजिलो भएको छ । थुप्रै बाबु नानीहरुले गाउँघरको चालचलन, संस्कार, रितीरिवाज सिक्ने अवसर पाएका छन् । थोत्रा भएका घरलाई मर्मत गर्ने, ग्रामीण भेगको बस्तीलाई वैज्ञानिक भौतिक दुरी कायम भएको घर निर्माण ठिक रहेछ भन्ने विश्लेषण भएको छ ।

अधिकांश नेपाली जनता चाहान्छन् कि निजी विद्यालय, अस्पताललाई क्वारेन्टाइन, आइसोलेन वार्ड बनाई सरकारी अस्पताललाई नियमित उपचार केन्द्र नै बनाउने हो । सरकारी विद्यालयमा सर्वसुलभ निशुल्क शिक्षा दिने स्थल बनाउने हो । जनबादी शिक्षा, वैज्ञानिक शिक्षाका लागि आन्दोलन गरी लडि लडि सांसद, मन्त्री, नेता बनेका महोदयहरु सत्तामा पुगे पछि सरकारी विद्यालय र शिक्षालाई लोप्पा खुवाउने गरी जनवादी शिक्षाको लक्ष्य र उद्धेश्यको जन भन्ने शब्द समेत उच्चारण गर्न लाज मान्छन् । सरकारी विद्यालयलाई क्वारेन्टाइन बनाई निजी विद्यालयलाई थप विद्यालयमा पढाउनका लागि जिम्मेवारी दिइन्छ । ताकी वहालवाला शिक्षामन्त्री समेत वेखबर र सहमति विना राज्यको सावधिक घोषणापत्र रुपी बजेट व्यक्तव्यमा कार्यक्रम आउछन र जगतलाई लाजमर्दो बनाउछन् । निजी अस्पतालहरु कति सम्म नाफाखोरी हुन्छन र मतलबी तथा स्वार्थी भएको उदाहरण त अस्पताल नै बन्द गरी कोभिड १९ को सकटको घाउमा झन नुन चुक छर्ने मानवहीन व्यवहार गरेर उदागो पारे ।

लकडाउनको डायरी लेखनीमा उतार चढाव आएको छ । कार्यालयको व्यस्तापुर्ण कामका बाबजुद कोभिड १९ सँग लडदै गर्दा थुप्रै साथीहरु घरमा सुरक्षित रहँदा आफु भने फ्रन्टलाइनमा जस्तै कामकाजमा लाग्ने समय आयो । मेरो कार्यक्षेत्र तमानखोला गाउँपालिका बागलुडबाट म सरुवा भै धौलागिरी अस्पतालमा विगत एक वर्ष देखि कार्यरत रहेको थिए । कोभिड १९ संक्रमित चार जना युवा साथीहरु कोरोना सक्रमित भै धौलागिरी अस्पतालमा उपचारका लागि आउनु भएपछि हजुरले त तमानखोला बासीलाई छोड्न नसक्नु भएनी । अस्पतालमा समेत आएनी भन्दै गफ गर्ने काम भयो । आइसोलेसनमा रोहित बुढा मगर खुशी साथ बस्नु होला है । आत्मबल बढाउनु होला भन्दै फोनमा कुराकानी गर्दै गर्दा त मैले साथीलाई कोरोना लागेकोमा खुशी लागेको छ भनी भन्दा साथीहरु विचमा हाँसोको वर्षा भएको थियो । जे होस अस्पतालमा कामकाज गर्दाको चिनाजानी,अनुभव लकडाउनको समय भन्दा सामान्य अवस्थामा बढी महत्व हुने रहे छ । डायरीमा टिपोटमा छुटेका र लेखनीको क्रममा छुटेका शब्द र बाक्यहरुलाई अर्को श्रृङखलामा थप्ने सल्लाह,सुझाव,रायको अपेक्षा राख्दै अन्त गर्न चाहान्छु ।

बागलुड न.पा. १० भकण्डे

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here