
बागलुङ, २८ जेठ ।
कालिगण्डकी करिडोर सडक खण्ड बागलुङ अर्जेवा क्षेत्रमा सडक निर्माणको कर्ममा भिरबाट खसेर एक जना मजदुर गम्भिर घाइते भएका छन् ।
करिडोरको सडक निर्माणको काम गर्दै गर्दा सडकदेखि १५ मिटर तल खसेर जैमिनी नगरपालिका–६ अर्जेवाका २७ बर्षिय शिव थापा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम खड्काले जानकारी दिनुभयो ।
घाईते थापाको धौलागिरी अस्पताल बागलुङमा अति आवश्यक उपचारपछि थपउपचारको लागि पोखरा पठाइएको छ ।
नेपाली सेनाले जिम्मा ल्याएर काम गर्दै आएको कालिगण्डकी करिडोरमा सेनाले अन्य मजदुरहरुलाई प्रयोग गर्दै आएको छ










