योजना तर्जुमा भेलामा समेत कोरोना सचेतना !

बागलुङ, २८ जेठ ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराले आगमी आर्थिक वर्ष ०७७/७८ को लागि टोलटोलमा योजना छनौट भेला सुरु गरेको छ ।

वडाध्यक्ष विद्यापति शर्माले साविकको वडालाई एउटा टोल आधार मानेर आगमी वर्षको लागि योजना छनौट कार्य सुरु गर्नुभएको हो ।

टोल भेलाको पहिलो दिन बुधबार साविकको आठ नम्बर वडामा प्रतिनिधि मुलक भेला सम्पन्न भएको हो । टोल भेलामा वडा सदस्य, प्रतिनिधि मुलक रुपमा स्थानीय समाजसेवी, शिक्षा प्रेमी, महिला समूह तथा युवाहरुको सहभागीता रहेको थियो ।

भेलामा वडाध्यक्ष शर्माले वडा कार्यालयको बजेट मार्फत आगमी आर्थिक वर्षमा संचालनका लागि न्युनतम दुईदेखि पाँच लाख सम्मका अति आवश्यक योजना छनौट गर्न स्थानीयलाई आग्रह गर्नुभएको थियो ।

भेला सुरु हुनु पूर्वसहभागीलाई वडा कार्यालय मार्फत कोरोना संक्रमण रोकथामका लागि सामाजिक दुरी कायम गर्दै बसाइँ व्यवस्थापन गर्नुको साथै सहभागीलाई मास्क र हातधुनको लागि सावुन वितरण गरिएको थियो ।

वडाध्यक्ष शर्माले भेलाको सुवाती मै कोरोना कहरकाबीच योजना छनौट गर्नुपर्ने बाध्यतात्मठुक अवस्था भएकाले अति आवश्यक योजना मात्रा छनौट गर्न आग्रह गरे पछि स्थानीयले महत्वकांक्षी योजनाबारे छलफल गरेनन् । अध्यक्ष शर्माले आगमी बजेट कोरोना संकट व्यवस्थापन तथा रोजगार सृजना हुने क्षेत्रमा केन्द्रीत हुने संकेत गरे पछि स्थानीयले ठुला भन्दा पनि तत्कालिन आवश्यकतालाई ध्यानमा राखेर योजना प्रस्ताव गरेका थिए ।

साविक आठ नम्बरका स्थानीय समेत रहनुभएका वडासदस्य चिरन थापा, जयबहादुर थापा, शिक्षक विष्णु थापा, महेन्द्र थापा, स्थानीय युवा धुर्व गौतमले पैदल मार्ग, गहते खानेपानी, काप्रे फाँट सिंचाई कुलोको लागि आवश्यक बजेट व्यवस्थापनको लागि आग्रह गरेका थिए ।

सहभागीले मुन्द्रीदेव आधारभुत विद्यालयको छानो मर्मत, बायला खुरी भुँडीखोला शाखा सडकको मर्मत लगायतका योजनाको बारे वडाध्यक्षलाई सचेत गराएका थिए । अध्यक्ष शर्माले भेलाबाट छनौट भएका योजनालाई प्राथमिकताका आधारमा पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा वडा कार्यालयले सहभागीलाई कोरोना बारे सचेत गरेको थियो । सहभागीलाई धम्जा स्वास्थ्य ईकाइका प्रमुख लोकबहादुर भण्डारीले कोरोनाको लक्षण, पूर्वसचेतना तथा हातधुने विषयमा सहजिकरण गर्नुभएको थियो । कोराना संकमण तिव्र रुपमा फैलिएको हुँदा सानो हेलचक्राईले समेत ठूलो दुर्घटना हुने हुँदा नागरिक सचेतनाको काम पनि संगसँगै अगाडी बढाइएको हो । योजना तर्जुमा भेला वडाका सबै टोलमा पुगेर सम्पन्न गर्ने अध्यक्ष शर्माको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here