
बागलुङ, २७ जेठ ।
बागलुङको बरेङ गाउँपालिकाका ८ जना कोरोना संक्रमित युवालाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा राखिएको छ ।
भारतबाट आई बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ९ जना युवालाई मंगलबार विहान संक्रमण पुष्टि भएपछि साँझ एम्बुलेन्स मार्फत ल्याएर बागलुङ बजारमा रहेको क्याम्पसको प्रि–आइसोलेसनमा भर्ना गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
उहाँले संक्रमण पुष्टि भएका २४, २२, १८, २४, १८, ४९, २३ र २७ बर्षिय ८ जना युवालाई प्रि–आइसोलेसन कक्षमा राखिएको बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी गौतमले बताउनुभयो ।
क्याम्पसको आइसोलेसनमा यसअगाडी बडिगाडका ९ जना संक्रमितलाई राखिएको छ ।
यस्तै आजै संक्रमण पुष्टि भएका निसीखोला गाउँपालिकाका २१, २६ र २७ बर्षिय पुरुषलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । उनीहरुलाई निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष जुनविक्रि शाहीले आफै पिकअप जिप चलाएर आइसोलेसनमा पु¥याउनुभएको हो ।
भारतदेखि आएर क्वारेन्टाइनमा रहेका तीन जनालाई संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सम्झौता गरेको पिकअप जिपका चालकले प्रि–आइसोलेसनमा लैजान नमानेपछि लु २ च ६२२२ नम्बरको जिप आफै चलाएर उनीहरुलाई प्रि–आइसोलेसनमा पु¥याएर राखेको बताउनुभयो ।










