के आत्मबलले मात्र कोरोनालाई जित्न सकिन्छ ?

टिकाबहादुर कार्की
“भनिन्छ, रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो ।” तर औषधी वा खोप बिना रोगबाट आफु बच्न र अरुलाई बचाउन निकै मुस्कील रहेछ भन्ने कुरा कोरोना भाईरस (कोभिड–१९) बिश्वव्यापी प्रकोप रोकथाम तथा नियन्त्रणका प्रयासमा लागिरहेका धेरैलाई अबगत भएकै हुनुपर्छ । सरकारी निकायको सुचना, सचेतना र परामर्शकै भरमा हामी धैर्यधारण गरी लकडाउनको निर्देशन पालना गर्नेहरु, पिपिई लगायत आवश्यक सुरक्षा सचेतनाका साथ खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सहकार्य र सहयोगी भूमिकामा रहेकाहरुले यस रोगको भय र त्रासका बीच आफुलाई कोरोना संक्रमण हुदा पनि आत्मबलले कोरोनालाई जितेका छन् । नाबालक देखि ८० बर्ष माथिका बृद्धसम्मले कोरोनामाथी बिजय प्राप्त गर्दा धेरै ५० बर्ष मुनिका यौवनहरु हारीरहेको हामीले सुनेका छौ । मेरो मनोबिश्लेषणमा कोरोना भाईरसबाट बच्न समयमै सुरक्षा सतर्कता अपनाउने, लक्षण देखिना साथ उपचार गर्ने गराउने, समयमै उपचार पाउने र धैर्यवान व्यक्तिले आफु बांचेर अरुलाई पनि बचाईरहेका छन् ।
ड्युटीमा खटिएका सुरक्षाकर्मीका अगाडी मात्र मास्क लगाएर हिड्ने तर अन्यत्र बिशेष गरी चिनेजानेका र आफन्तजनसंग भेट हँुदा जथाभावी समुहमै हिड्ने, बस्ने, खाने तथा काम गर्ने पुरानो बानी यथावत छ । हामीले आफ्नालाई कोरोना मुक्त भएनभएको ख्यालै नगरि आफ्नो नजिक राख्दा, कोरोना संक्रमित स्थानबाट आयातित सामान र सवारी साधन डिसईन्फेक्सन नगरि उपयोगमा ल्याउँदा कोरोना भाईरस संक्रमण हुने अत्यधिक सम्भावना रहन्छ भन्ने ख्याल गरेका छैनौ । मैं हुँ भन्ने केही जनप्रतिनिधी र समाजसेवी पनि अन्जान जस्तै निस्फिक्री रहेर आफ्नो वडा ईलाका भित्रका सामाजिक गतिबिधीमा भीडभाडकै बीचमा अन्धाधुन्दा सहभागी भैरहेको अवस्थाबाट हामी अगाडी बढेर सुरक्षा सतर्कता तथा व्यवस्थापन पक्षलाई सुदृढ गर्नुको कुनै बिकल्प छैन, जसरी कोरोनाको उत्पत्ती भएको देश चिनका साथै अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, भियतनाम लगायतका देशहरुले कोरोना संक्रमण बिरुद्ध लकडाउन तथा सामाजिक दुरी कायम गर्नुका साथै पिपिइको प्रयोगलाई प्राथमिकतामा राखी सामाजिक, आर्थिक गतिबिधी र अनलाईन माध्यमबाट शैक्षिक गतिबिधी संचालन गरेको हामीले जानकारी पाएका छौ । जो हामी पनि उच्च अनुशासनमा रहन सक्यौं भने असम्भब छैन ।
इच्छालाई दमन गर्दै आत्मबलद्वारा वर्तमान आवश्यकता पुरा पुरा गर्नेकी ?
मानिसमा आत्मबल कमजोर छ, सहयोगी हातहरु सहयोग गर्ने छैनन् तभने सामान्य बिरामी पनि डिप्रेसनमा जान सक्छ, उ कहिल्यै बाँच्ने आशा गर्दैन । बिरामीलाई नजिकबाट चिन्नेले उसलाई सम्झाएर बिश्वास दिलाउन आवश्यक छ कि “म सहयोग गर्न तयार छु अनि हर कोही आफ्नो सम्पत्ती र आफ्ना मान्छेहरु नभएपनि जीवन जिउन र प्रगती गर्ने वातावरण छ, नआत्तिनु ।” समयको गति र मानिसमा आफ्ना ईच्छाहरु पुरा गर्ने तीब्र चाहानासंगै अकस्मातको घटना तथा बिपत्तीले ब्रेक लाग्न सक्छ । तर जीवनमा हामी चढेका गाडीहरुमा ब्रेक लाग्नासाथ सधै रोकिरहंदैनन् । चालकले गाडी रोकेर अगाडीको अवस्था हेरि पुन गुडाउछ अनि हामी गन्तव्यमा पुग्छौ । बिद्वान जोन अष्टिनले भनेका थिए–“मैले इच्छाहरुलाई दमन गरेर सुख प्राप्त गर्न सिकें, इच्छा पुरा गरेर होईन ।”
आज हामीले कल्पना गरेका अनि लगानी गरेका धेरै स्थान हिउदमै डुवानमा परेका छन् । हामीले चाहेर पनि उद्दार गर्न सक्दैनौ । तपाई हामी एक दुई मात्र होईन संसार डुबेको छ यो कोरोना भाईरसको महामारी प्रकोपमा । यसकारण कोरोना भाईरसबाट आफु बच्न र अरुलाई बचाउन सुरक्षा सतर्कता अपनाउदै, इच्छाहरु दमन गरेर राखौ, धैर्यताको नाममा रोगलाई सहेर होइन, ढीला नगरी कोरोना भाईरस बिरुद्ध लड्न केवल आत्मबलद्वारा वर्तमान समयका आवश्यकता पुरा गरौं, हाम्रो मानवीय वा जैविक आवश्यकताको कारणले हामी आफु र अरुका लागी कोरोना भाईरस संक्रमणको कारण नबनौ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here