
बागलुङ, १४ जेठ ।
बागलुङका ६ जनालाई कोरोना संक्रमण देखिएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका तमाखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ६ जनालाई संक्रमण देखिएको हो ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका चार जना र बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइदै छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले २ जनालाई आशंका गरिएको र अस्पताल पठाउन भनेकाले एम्बुलेन्समा पठाउने तयारी गरिएको बताउनुभयो । उहाँले गाउँपालिकामा रहेका विभिन्न संघसंस्थाहरुको एम्बुलेन्स प्रयोग गरेर पठाइन लागेको जानकारी दिनुभयो । यस्तै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बडिगाडबाट एम्बुलेन्स मगाएको र त्यसमै अस्पतालको आइसोलेसनमा पठाउने तयारी गरिएको बताउनुभयो ।
यससँगै बागलुङमा संक्रमित संख्या ८ पुगेको छ । २ जना यसअगाडी नै उपचारपछि निको भएर घर फर्किएका छन् ।









