गल्कोटमा सामाजिक सुरक्षा भत्ता बैंकबाट

बागलुङ, ८ असार
गलकोटमा सामाजिक सुरक्षा भत्ता अब बैंकबाट लिन सकिने भएको छ ।
चालु आर्थिक बर्ष २०७३ र ७४ देखि बैंकिङ्ग प्रणाली मार्फत सुरक्षा भत्ता वितरण गर्न लागिएको हो । गलकोट नगरपालिकाले गलकोटका प्रभु बैंक र गोलोबल आईएमि बैंकसँग सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता गरेको छ ।
प्रभु बैंक गलकोट साखाले गलकोट नगरपालिका भित्रका ३, ४, ५, ६, ७ र ९ वाडमा बितरण गर्ने जिम्मेबारी लिएको छभने गोलोबल आईएमि बैंक गलकोट साखाले गलकोट नगरपालिका भित्रको वाड नम्बर ८ मा बितरणको जिम्मेबारी लिएको छ ।
त्यसबाहेकका अन्य वाडमा भने वाड कार्यालय मार्फत बितरण गरिने गलकोट नगरपालिकाको कार्यालयलेजनाएको छ ।