
काठमाडाैं, १३ जेठ
पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट ३ लाख ४३ हजार ६०८ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ९५६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८७ हजार ९८१ थप संक्रमित पुष्टि भएको छ ।
पछिल्लो अपडेट अनुसार संसारभर ५५ लाख ८२ हजार ४३६ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अहिलेसम्म विश्वभर २३ लाख ६१ हजार ९१ जना ठिक भएका छन् ।
अहिले अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्पेन, रुस, ब्राजिललगायतका देशहरुमा यस भाइरसको कहर जारी रहेको देखिएको छ ।








