अर्जुन लामिछाने
जापानः बलेवा सेवा समाज जापानले बागलुङका ४ स्थानिय निकायलाई कोरोना रोकथामका लागि आर्थिक सहयोग गर्ने भएको छ ।
बलेवा सेवा समाज जापानको भर्चुअल अनलाईन बैठकले कोरोना रोकथामका लागि स्थानिय निकायले स्थापना गरेको विपद व्यवस्थापन राहात कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले बागलुङ नगरपालिका भित्रका अमलाचौर, नारायणस्थान, पैयुँपाटाका साथै जैमिनि नगरपालिकको कुश्मिसेरालाई प्रत्येक वडाका लागि १० हजारका दरले सहयोग गर्ने निर्णय गरेको समाजका अध्यक्ष राज पौडेलले जानकारी दिनुभयो ।
साथै बैठकले कोरोनाका कारण जापानमा रोजगारी गुमेका तथा आर्थिक रुपमा समस्यामा रहेका तत्कालिन बलेवा क्षेत्रका नागरिकका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको समाजका महासचिव टिकाराम रिजाल विमलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here