काठमाडौं, ९ जेठ
नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार विहान नवलपरासी, भरतपुर, चितवन, कपिलबस्तु र सर्लाहीमा थप ३० जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here