कोरोना भाइरस अपडेटः थप २५ जनामा पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

काठमाडौं, ७ जेठ ।
नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो ।

आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन् ।

यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here