व्यवसायिक खेतीः बिपदको साथी

टिका बहादुर कार्की
नेपाल कृषि प्रधान देश मात्र होइन, सुन्दर प्राकृतिक उपहार प्राप्त देश समेत हो । कुनै ठाउँमा सिंचाईको लागी पानीको अभाब भनौ या आवश्यकता अनुसार पानी बितरणको व्यबस्थापन हुन नसकेको अवस्था हामी सबैलाई जानकारी छ ।

संसारकै दोस्रो जलस्रोतको धनी देशका हामी सधै जसो गाउँघर तिर खाली रहेका र कुनै समयमा खेतीपाती गरिएका जग्गाहरुमा अहिले निर्वाहमुखी खेती भैराखेका जग्गाहरु व्यक्ति वा समुहले लिजमा लिएर व्यवसायिक खेती गर्दा राम्रो हुने थियो । अहिले कोरोना भाईरसको महामारीको रुपमा फैलदा हामीले हाम्रो परिवारका आफन्त, समाजका होनहार जनशक्तिलाई डेन्जर जोनमा रोजगारी तथा अध्ययनका लागि पठाउन नपरोस् र कुनै पनि विपद जन्य महामारीका बेला हाम्रो परिवार तथा छिमेकी हाम्रो साथी बन्न सकनु भन्ने अभिप्राय स्वरुप यो लेख लेखेको छु ।

हराभरा फाँटतिर नजरः
हामी अधिकांशका वरिपरी जुन हराभरा फाँट, अनि वारी छ त्यसलाई व्यवस्थापन गरेर व्यवसायिक खेत गरे के हुँदैन ? माल भएर पनि चाल नपाएको जस्तो गर्नुभन्दा १ हल गोरु पाल्नु, हली, बाउसे, खेताला, मल, विऊँ ढुवानी सवैको हिसाव गर्दा लगानी पनि नउठ्ने अहिलेको परम्परागत खेती प्रणालीलाई आधुनिक र बैज्ञानीकरण कृषि प्रणालीमा रुपान्तरण गरिनुपर्छ । अहिलेको कृषिले जीवन निर्वाह बाहेक अरु उपलब्धी हात नपर्ने हुँदा लगानी व्यवस्थापन गर्न सके, उपलब्ध टेक्टर तथा अन्य मेसिनरी साधन प्रयोग गर्नुका साथै आधुनिक कृषि सम्बन्धी प्राविधिक उपयोग गरेर स्थानियलाई अन्न, तरकारी, मासु र फलफुल जस्ता खाद्य बस्तुमा आत्मनिर्भर बनाउनुका साथै आर्गनिक कृषि उपजको बजार व्यवस्थापन गरी आम्दानी गर्न सकिने सम्भावना छ ।

व्यवसायिक खेतीगर्न परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै थप सिचाई तथा अन्य आवश्यक श्रोत व्यवस्थापन गर्न सकियो भने स्थानियलाई रोजगारी सिर्जना हुनुका साथै हामीलाई जस्तै गरेर अब कसैलाई गाउँघर छाडेर धेरै टाढा जानु पर्दैन होला । स्थानिय सरकारसँग रहेको प्राविधिक जनशक्ति तथा श्रोत साधन र समन्वयका साथै सहकार्यका नाममा खुलेका सहकारी संस्थाहरुको सहकार्य व्यवहारमा पनि देखिनुपर्ने आवश्यक छ । लेखमा सम्लग्न तस्विरमा देखिएको जस्तै सिचाई व्यवस्थापन विनाको निर्वाहमुखी खेतीले पनि हराभरा फाँटमा थप सिचाई तथा प्रविधिको प्रयोग गर्न सकियो भने प्रगति अवश्य पनि सम्भव छ । यस लेख पढेपछि पाठक वर्गले मार्ग निर्देशन, सहकार्य तथा सुभाव दिनुहुन अनुरोध गर्दछु ।
(कार्की हालै सेवानिविर्त प्रहरी नायव उपरिक्षक हुनुहुन्छ ।)

२०७७ जेठ ६ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here