भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नक्सा पारित

काठमाडौं, ५ जेठ ।
भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर बनाइएको नेपालको नयाँ नक्सा पारित भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर बनाइएको नेपालको नयाँ नक्सा पारित गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा तयार पारेको थियो । उक्त नक्सा जारी गर्ने प्रस्ताव भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेकी थिइन् ।

एक मन्त्रीले दिएको जानकारी अनुसार नयाँ नक्सामा भारतले अतिक्रमण गरेको भनिएका लिपुलेक, लिम्पियाधुरा र कालापानीको भू–भागलाई समेटिएको छ ।

भारतले लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरेपछि चर्को विरोध हुँदै आएको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here