साउदीमा कोरोनाबाट तीन नेपालीको मृत्यु

काठमाडौं, ५ जेठ ।
नेपालका कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट दुई जनाको ज्यान गइसकेका बेला प्रवासमा रहेका नेपाली पनि उतिकै समस्यामा छन् ।

नेपालीको श्रम गन्तव्य मुलुक साउदीको जेद्दा क्षेत्रमा तीन नेपालीको कोरोना भाइरस संक्रमका कारण ज्यान गएको छ ।

साउदी सरकारका अनुसार साउदीको जेद्दा र जजानलगायतका क्षेत्रमा गरी १४८ नेपालीमा कोरोना संक्रमण देखिएको छ । साउदीको सबै क्षेत्रमा गरी ६७४ नेपालीलाई कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

त्यस क्षेत्रमा संक्रमितमध्ये ३३ जना निको भएको महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्यदूत रेवती पौडेलले जानकारी दिएका छन् ।

साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । ३०२ जनाको ज्यान गएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here