कोरोना भाइरसबाट बाँकेको क्वारेन्टाइनमा एक जनाको मृत्यु

काठमाडौं, ४ जेठ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

उनकाअनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here