थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या २७८ पुग्यो

काठमाडौं, ३ जेठ ।
काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीका ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here