थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६७ पुग्यो

काठमाडौं, २ जेठ ।
नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन् । पर्सामा देखिएका चारजनामध्ये दुईजना ९ र १० वर्षका बालक छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here