
काठमाडौं, २ जेठ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकोले त्यसलाई प्राप्त गर्न ठोस पहल गरिने जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ कोनीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।उनले छुटेको नेपाली भूमिसमेत समेटेर नेपालको नक्शा जारी गरिने स्पष्ट पारिन् ।










