मुखमा जनता, मनमा सत्ता

इश्वर गौतम
नेपाली राजनीतिक दलका नेताको पदमोह कति छ । पदका लागि के सम्म गर्छन । कुन कुरा गर्न तयार भएनन् । यी सबै कुरा बहुदलीय बयब्स्था पछिका हरेक राजनीति घटनाक्रम र उतारचढावबाटै प्रष्ट हुन्छ । जहाँकी उनीहरु आफ्नो मान, इज्जत, प्रतिष्ठा, धैर्यता र नैतिकताको पनि ख्याल नगरि जस्तोसुकै खुर्वानी गर्न र गठबन्धन गर्न तयार हुन्छन् । गफ गरेर पटक–पटक जनता झुक्याउन र सत्ता हत्याउन माहिर उनीहरुमा देशप्रतीको माया कदापी देखिन्न ।
देश, जनता भन्ने शब्द उनीहरुको लागि मागिखाने भाडो भैसक्यो । रोइकराई गरेर विभिन्न प्रलोभन देखाएर सत्ताको भ¥याङ्ग चढ्न माहिर यिनीहरु देशका सिमाना दिनदहाडै मिचिदा र जनताको जिउँधन थिचिदा समेत लम्पसार निदाउछ । यी बिषय सुन्न परे उनीहरुलाई थकाई र निद्रा लाग्छ । तर जनता भिडेर सिमा बचाए । एउटा सानो पुरस्कार खोस्टो दिएर राष्ट्रबादी कहलाउन चाहन्छ । आफुलाई राष्ट्रप्रेमी ठान्छन् । यो उनीहरुको धर्म हो । उही चर्चित नेपाली उखान, मुखमा राम राम बगालीमा छुरा भनेझै ।
अब बर्तमान परिस्थितिको पछिल्लो संघर्ष हेरौ । लामो समय पछि नेपालमा राजनीतिक स्थायित्व रहने कुरामा आम नेपालीको बिश्वास थियो । त्यो अहिलेसम्म पनि कायम छ । नेपाली जनता देशमा राजनीतिक स्थायित्व चाहन्छन्  । त्यही चाहनाले निर्वाचनमा वामएकताको गठबन्धनलाई झण्डै दुइतिहाई मत दिए । त्यही अनुरुप सरकार गठन भयो । पार्टी एकता भै अहिले नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सरकार छ । जसले जनतामाझ “समृद्ध नेपाली, सुखी नेपाली” र समाजबाद सहितको नारा चुनावमा जनतामाझ लगेको थियो । तर व्यबहारमा भने अहिलेसम्म “सुखी नेता, समृद्ध परिवार” बन्ने बाहेक समाजवाद पुग्ने खासै त्यस्तो परिवर्तन देखिएको छैन । नत सुरुवात नै । बरु दिनदिनै सरकारका एक एक काण्ड बाहिरिएका छन् । मन्त्रीहरु एक एक गरि विभिन्न प्रकरणमा तानिएका छन् । जसले गर्दा पनि समाजवादमा पुग्ने दिनलाई बर्तमान काम, कार्वाही र कार्यशैलीको बिहानले स्पष्ट संकेत गरिसकेको छ  । भनिन्छ दिनको संकेत बिहानबाटै अनुमान सकिन्छ ।
यतिबेला देश र जनता विषम परिस्थितिको सामना गरिरहेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ ले जनता त्रसित र प्रताडित भएका छन् । यस्तो संकटमा इतिहासमा भएका पुराना घटनाबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा अस्थिरता र सत्ताका फोहोरी खेलहरुको पुनः पुनरावृत्ति गर्ने दुस्साहस तिर लाग्नु देश, जनता र जनमतको उपहास गर्नु हो । जुन आम नेपालीका लागि अप्रिय र अक्षम्य हुनेछ । बर्तमान समयमा यस्ता कर्तुत तिर लाग्ने बेला हुँदै होईन तर जनता, सडकमा रोइरहदा, गरिव बेसहारा मजुदुरको समस्यामा पिल्सिएका छन् । तिनीहरुले कतै केही उपाय गर्न नसकेपछी बगेको अश्रुधारको बेवास्ता गर्दै सत्ता हत्याउन तिर लाग्नु कतिको जायज र मानवीय होला ?
विश्वमा नै यतिबेला कोरोना भाइरस (कोभिड–१९)ले भयावह रुप सृजना गरेको छ । यसै संकटको सामना गर्दै बिश्व मानव त्यो विरुद्ध लडिरहेको छन् । यो परिस्थितिमा नेपाल सरकार संयमता, धैर्यता पुर्वक महामारिको विरुद्ध लड्न आवश्यक तयारी र पहलकदमी लिदै दुर्तरुपमा लाग्नुपथ्र्यो । तर त्यसमा ध्यान नदिई सरकारले बारम्बार बिबादास्पद निर्णय लिदै बाटोमा अलपत्र परेका मजदुर, किसानलाई कहिले घर पु¥याउने भनेर झोला कस्न लगाउने अनि फेरि तिनीहरुको आशामा निराशा थप्दै निर्णय उल्टाएर दुःख दिदा जनता बाटौमै सास्ती खेपिरहेका छन् । यि यावत बिषयमा ध्यान नदिएर सत्ता र पद कसरी जोगाउने खेलमा नेताहरु लाग्दा जनता सरकारप्रती आक्रोशित बनेका छन् ।
पछिल्लो समय सरकारले जनताको समस्यामा नजरअन्दाज गरेर सत्ता र शक्तिको संघर्षमा लागेर ल्याइएका राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धि दुई अध्यादेशले नेपाली राजनीतिमा उत्तारचढाव बढेको छ । यी बिधेयकबाट पैदा भएको सत्तारुढ दलभित्रको किचलो चरम उत्कर्षमा पुगेको छ । यसरी सरकार र नेताहरु नेपाली उखान “कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर” भनेझै गर्दा आम नेपाली नेकपालाई भोट दिएर गल्ती भएको महशुल गरिरहेका छन् । यसरी सरकारबाटै जनताको सुरक्षा र आफ्नो भुमी छिमेकीले हड्पदा समेत मुकदर्शक बनेर विषम परिस्थितिमा पनि सांसद अपहरण, पार्टीको बिखण्डन तिर लाग्नु, जनता देश र महामारी, देशको सिमाना भन्दा पदको मोहमा लाग्नु जस्तो लज्जास्पद बिषय के हुन सक्छ ?
अन्तमा, जनमत र जनताको पिर मर्कामा सत्ताको लागि हान्थाप गर्ने, अघिपछी मुखले समृद्धि र समाजबादका झुट्टा नाराले जनमतको खिल्ली उडाउने छुट सरकारलाई छैन । दुइतिहाई हाराहारी जनमत हुँदा समेत सत्ताको मोहमा लागेर जनमतमाथी हमला गर्नु न्यायोचित हुँदैन । यी यावत बिषयलाई समधान गर्दै सरकार मुख र मनमा देश जनता र देशको स्वाधिनताका पक्षमा काम गर्नुपर्छ । मुखमा राम राम बगलीमा छुरा गर्ने छुट सरकारलाई छैन ।

२०७७ जेठ २ गते प्रकाशित ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here