
काठमाडौं, २ जेठ ।
विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरका १ जना र बाँकेका ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरू रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
आज थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् ।











