
बागलुङ, १ जेठ ।
नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार विहान थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा सर्लाही, धनुषा र महोत्तरीमा थप पाँच जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार सर्लाही धान्कौला नगरपालिकाका ४५ बर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० बर्षिय पुरुष र २० बर्षिया महिला र महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै आजै विहान कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।











